२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एक वर्षअघि नै लुम्बिनीले खारेज गरेको थियो पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा

एक वर्षअघि नै लुम्बिनीले खारेज गरेको थियो पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा

एक वर्षअघि नै लुम्बिनीले खारेज गरेको थियो पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा

एक वर्षअघि नै लुम्बिनीले खारेज गरेको थियो पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा

एक वर्षअघि नै लुम्बिनीले खारेज गरेको थियो पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • दाङ । लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिदै आएको सेवासुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले पाउँदै आएको सेवासुविधा खारेज गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णयका आधारमा पूर्वसभामुख पूर्णबहादुर घर्ती र पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सेवा–सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गर्नुभएको थियो ।

    २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयका आधारमा पूर्वमुख्यमन्त्री तथा पूर्वसभामुखले सेवासुविधा लिदै आएका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउन प्रदेश सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवासुविधा फिर्ता गर्ने निर्णय गरेको थियो ।

    पूर्वविशिष्ट पदाधिकारीले गाडी, इन्धन, मर्मत, चालक र पीएसओको सुविधा लिदै आएका थिए । यस्तै, पाँच लाख रुपैयाँभन्दा माथिका सबै योजना प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको थियो ।

    चालू आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्नेगरी निर्देशन जारी गरिसकिएको छ । मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij