२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देउवा निवासमा जलेका नोटको कसरी हुँदैछ अनुसन्धान ?

देउवा निवासमा जलेका नोटको कसरी हुँदैछ अनुसन्धान ?

देउवा निवासमा जलेका नोटको कसरी हुँदैछ अनुसन्धान ?

देउवा निवासमा जलेका नोटको कसरी हुँदैछ अनुसन्धान ?

देउवा निवासमा जलेका नोटको कसरी हुँदैछ अनुसन्धान ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु गरेको छ ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजू राणा देउवा निवासमा जलेका नोटका बिटो नै भेटिएको थियो ।

    त्यहाँ निकै ठूलो परिमाणमा नोट थुपारिएको आशंका गरिएको छ । त्यसैदिनमा देउवा दम्पतीलाई आन्दोलनकारीले आक्रमण गरी घरमा आगजनी गरेका थिए । त्यहाँ भेटिएका जलेका नोटका सम्बन्धमा सरकारले छानबिन प्रक्रिया अघि बढाइसकेको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीले पनि बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै भदौ २३  २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका नेताहरुको घरमा भेटिएको रकमका बारेमा सरकारका निकायले छानबिन थालेको बताएकी थिइन् ।

    “प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वभाविक रुपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरुले छानबिनको प्रक्रिया सुरु गरिसकेको छ,” उनको टिप्प्पणी थियो ।

    सरकारका कुन निकायले कसरी अनुसन्धान थालेको छ भनी बाह्रखरीले राखेको जिज्ञासामा एक उच्च अधिकारीले भने–नेताका घरमा भेटिएका भनिएका नोटका टुक्रा संकलन गरिएको छ । ती जलेका नोटका टुक्रा प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । परीक्षण भएपछि थप केही कुरा आउन सक्छ ।”

    तर केही टुक्रा र भिडियोबाहेक अन्य भौतिक प्रमाण नभएको उनको टिप्पणी थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि अनुसन्धानका लागि राज्यका निकाय सक्रिय भइसकेको उल्लेख गर्दै जे–जे गर्नुपर्ने हो त्यो सबै गर्ने बताए ।

    “राज्यका निकाय सक्रिय भइसकेका छन् । सुशासनका मामिलामा र भ्रष्टाचारविरुद्ध राम्रैसँग खुट्टा टेक्छ । अनुसन्धान गर्ने निकायले जलेका नोटदेखि पासपोर्टसम्मका विषयमा अनुसन्धान थालिसकेको छ,” पत्रकारले राखेको जिज्ञासामा उनले भने, “रोक्कामात्रै होइन पक्राउ नै गर्नपर्ने हुन सक्छ । बयान हुन सक्छ ।”

    यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीको पासपोर्ट रोक्का राख्ने विषयमा सरकारले गृहकार्य गरिरहेको समाचार सार्वजनिक भएको थियो ।

    सोही विषयमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । सम्पत्ति शुद्धीकरण विभागले नै देउवा दम्पती र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा भेटिएका रकमका बारेमा फरेन्सिक ल्याबमा जलेका नोटका टुक्रा पठाएको स्रोतले जानकारी दियो ।

    विभागका महानिर्देशक कृष्णप्रसाद मैनालीले पनि सो कुरालाई पुष्टि गर्दै भने, “हामीले प्रारम्भिक अनुसन्धान थालेका छौँ । सामाजिक सञ्जालमा पैसा भेटिएको भन्ने आएपछि हामीले ती स्थानमै पुगेर प्रारम्भिक अनुसन्धान थालेका हौँ । यसका बारेमा प्रतिवेदन पनि तयार हुनेछ । अहिले अनुसन्धान अधिकृतहरु खटिनुभएकाले अनुसन्धानपछि विस्तृत बताउन सकिएला ।”

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij