२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अलपत्र यात्रुलाई काठमाडौं-भैरहवा चार्टर विमान

अलपत्र यात्रुलाई काठमाडौं-भैरहवा चार्टर विमान

अलपत्र यात्रुलाई काठमाडौं-भैरहवा चार्टर विमान

अलपत्र यात्रुलाई काठमाडौं-भैरहवा चार्टर विमान

अलपत्र यात्रुलाई  काठमाडौं-भैरहवा चार्टर विमान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • भैरहवा । वर्षाका कारण भैरहवा आसपास अलपत्र परेका यात्रुहरुलाई चार्टर विमानमार्फत काठमाडौं पठाउन थालिएको छ।

    आज राति आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरुलाई रुपन्देही प्रशासनले विमान चार्टर गरेर काठमाडौं पठाउन थालेको हो।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार अलपत्र परेका र आज राति पुग्नैपर्ने यात्रुहरुको सूची तयार गरेर नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं पठाउन लागिएको हो।

    उनले काठमाडौंबाट भैरहवा आउने नेपाल एयरलाइन्सको विमानमार्फत अलपत्र यात्रुहरुलाई काठमाडौं पठाइने बताए।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार नेपाल एयर लाइन्सको एयर बस ३२० बाट काठमाण्डौ-भैरहवा-काठमाण्डौ को उडान राती ९ बजे भैरहवाबाट हुनेछ । 

    महाप्रबन्धकतिवारीले अलपत्र यात्रुलाई सुविधा पुर्‍याउन पर्यटन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र सरोकारवाला निकायसित सरोकार गरेर उडान सुनिश्चित गरिएको जनाए ।

    उनका अनुसार १ सय ५८ जना यात्रुहरुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ।

    निगमका अनुसार विमानले भैरहवाबाट आज स्थानीय समयअनुसार राति ९ बजे उडान भर्नेछ। विपतको अवस्थाका कारण टिकट नपाएर अड्किएका बिरामी, असक्त, विदेश जानुपर्ने तथा अत्यावश्यक यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै यो विशेष उडान आयोजना गरिएको हो।

    यात्राबारे बुझ्न र टिकटका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थीको ९८५७०२३६७१ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ। विपद्का कारण गन्तव्यमा पुग्न नसकेर अलपत्र व्यक्तिलाई लक्षित गरेर नागरिक उड्यन प्राधिकरणले उडान गरेको हाे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij