२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • बुटवल । हमासको कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइपुर्‍याइएको छ । इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्‍याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।

    हमासले गएराति इजरायललाई चार बन्धकको शव फिर्ता गरेको हो । त्यसमध्येका एक हुन् विपिन जोशी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशी कृषि अध्ययनरत विद्यार्थी थिए ।

    उनी लर्न एन्ड अर्न कार्यक्रम अन्तगर्त सन् २०२३ मा इजरायल पुगेका थिए । उनी इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिम क्षेत्रमा थिए । सोही स्थानबाट ७ अक्टोबर २०२३ मा अपहरण गरिएको थियो । विपिनसहित गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव पनि हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको हो ।

    यसअघि, हमासले दिउँसो सबै २० इजरायली बन्धकहरूलाई रिहा गरेको थियो ।  उनीहरूलाई दुई समूहमा छोडिएको थियो ।  अब हमाससँग कुनै पनि जीवित इजरायली बन्धक नरहेको बताइएको छ । यसको बदलामा इजरायलले हालसम्म २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ ।

    इजरायलका विभिन्न अस्पतालहरूमा रिहा गरिएका बन्धकहरू आफ्ना परिवारसँग पुनर्मिलन हुँदा वेस्ट बैंक र गाजापट्टीमा मुक्त भएका प्यालेस्टिनी कैदीहरूले आफन्तहरूलाई भेट्दा भावनात्मक दृश्यहरू देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी गराएका छन् ।

    विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको र शवको डीएनए परीक्षणको तयारी भइरहेको राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी गरिएको छ ।

    “हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझायो । रेडक्रसले विपिनसहित चारजनाको शव इजरायली सेनालाई बुझायो,” पण्डितले भने, “तेल अभिभमा रहेको इजरायली सेनाको अस्पतालमा विपिनको शव राखिएको छ । डीएनए परीक्षण गरिँदैछ । त्यसपछि परिवारलाई बोलाएर शव सुम्पिने प्रक्रिया अघि बढाइनेछ ।”

    परिवारको जिम्मा लगाएपछि विपिनको शव नेपाल ल्याउने तयारी गरिनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij