भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत साता ट्रक सहित बरामद गरेको ५० क्वीन्टल खरबुजाको विया शुक्रबार पुनः सशस्त्र प्रहरीले लुम्बिनी रोड (बनगाई)बाट नियन्त्रणमा लिएको छ ।
गत साता ओमसतिया गाँउपालिका–४ डण्डा खोला नजिकैबाट बागमति प्रदेश ३–००१ ख १६८४ नम्बरको मिनि ट्रकमा लोड भई लैजादै गरेको अवस्थामा चालक सहित विँया बरामद भएको थियो । सोही नम्बरकै ट्रकमा लोड भई अहिले पनि मर्चवार तर्फ गइरहेको अवस्थामा बनगाईबाट सशस्त्र प्रहरी विओपी मझगावाले नियन्त्रणमा लिएको हो ।
अघिल्लो पटक धकधई क्षेत्रको विक्रेताले मर्चवारको सिमा क्षेत्रमा अवस्थित फर्ममा सो सामान पठाउन लागेको अवस्थामा बरामद भएको थियो । प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको सो सामान ५० हजार जरिवानामा छुटेको थियो । मोबाइलमा पान बिलको फोटो राखेर कारोबार भएको सो सामानको अनलाइन बिल समेत नभएपछि नेपाल प्रहरीले उक्त सामान चालक सहित नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पठाएको थियो ।
बरामद खरबुजाको बिँया ड्राई फ्रुट्सको रुपमा मिठाई लगायतको खाद्यवस्तुमा प्रयोग गरिन्छ । नेपालमा प्रति केजी ४०० रुपैया करोबार हुने यो बियाँ तेस्रो मुलुकबाट नेपालका लागि आउने गरेको छ । नेपालमा खपत कम हुने यो बिँया पछिल्लो समय सुरक्षा निकायलाई छलेर भारत तर्फ पठाइने गरिएको छ ।
शुक्रबार बरामद भएको ट्रक सहितको बिँया थ्री स्टार ट्रेडिङ्ग सिद्धार्थनगरले भ्याट बिल मार्फत आकृति जनरल स्टोर्स सम्मरीमाई १ लाई विक्री गरेको देखिन्छ । अघिल्लो पटक बरामद सामानको खरिद कर्ता पनि आकृति नै रहेको थियो । यो फर्म मर्चवारको सिमा क्षेत्र कुटवामा पर्छ ।
मिनि ट्रकमा लोड गरिएको १२५ बोरा (५० कुईन्टल) खरबुजाको बियाको मुल्य लोड गरि लैजादै गरेको अवस्थामा बरामद गरेको हो । मर्चवारमा उपयोग नै नहुने वस्तु ठूलो मात्रामा गएपछि सुरक्षानिकायले अवैध करोबारलाई नियन्त्रण गर्ने प्रयासमा रहेका छन । सिमामा यस्को खपत नै नहुने भएकोले तस्करी प्रयोजनका लागि गइरहेको प्रस्ट देखिन्छ ।
तस्करहरुले रुपन्देहीको मर्चवार र मैनिहवा क्षेत्रबाट मौका देखेर ठूलो मात्रामा मकै, अखरोट, किसमिस, ड्राईफ्रुट्स लगायतका सामान भारत पठाउदै आएका छन भने चिनी, कपडा, जुत्ता लगायतको सामान नेपाल तर्फ ल्याउने गरेका छन ।
सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख एसपी मेखराज जोशीले ट्रक सहितको सामान शंकास्पद लागी नियन्त्रणमा लिएको र अनुसन्धानका राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जानकारी दिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी डाक्टर टोकराज पाण्डेले हामीले कारवाही गरिरहेका छौ, यो घटनाको अवस्था बुझी पनि कारवाही गरिने बताए ।
चेकजाँच गर्दा सुरक्षानिकायसँग अभद्र व्यवहार
भैरहवाबाट मर्चवार जादै गरेको ड्राइफ्रुट्स सिड सहितको गाडी सशस्त्र प्रहरीले चेकजाँच गर्न खोज्दा एक समूहले विवाद सृजना गरेको छ ।
सुरक्षानिकायले संकास्पद देखिएपछि चेकजाँच गर्ने क्रममा राजेश जयसवाल, प्रविन जयसवाल, राजु यादव, संजय मिश्रा लगायतका टोलीले सशस्त्र प्रहरीसँग बहस गरेको प्रष्ट देखिन्छ । याे समूहका केही जना यस अघिका तस्करी घटनामा संलग्न रहेकाे स्थानीयकाे भनाइ छ । सुरक्षा निकायलाई चेकजाँच गर्ने क्रममा अवरोध गरि उनीहरुले गाली गलौज समेत गरेको भिडियोमा देखिएको छ । मुख किन छोपनु हुन्छ, लुकेर बस्ने, दश गजामा डयुटी गर्न गाड फाटदैछ, प्रहरीले दादागिरी गरिरहेको , दम छैन बिल चेक गर्ने, सिमामा पकडेर देखाउ, विल र अनलाइन हुदा पनि किन रोकेको, लगायतका अन्य अशलील शब्दहरु ती समूहले प्रयोग गरेका छन ।
नेपालको माल हो नेपालमा खेती गर्न नपाउने भन्दै राजु यादव पनि सुरक्षानिकाय माथी जाइलागेका थिए । खरबुजाको विउ हो पसलमा विक्री गर्न लैजादै गरेको यादवले भनेका छन । यदपी यो ड्राइफ्रुट्स विउ खाने काममा प्रयोग हुन्छ मर्चवारमा यस्को खपत शुन्य छ । ड्राइफ्रुट्स खरबुजा बिँया चिनबाट नेपाल आउने गरेको छ ।




