२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिमित स्रोत साधनबाट योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

    नेकपा एमालेको सन्धिखर्क-५ वाङ्गलामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्रोत-साधनको सिमितताबीच पनि विकास योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    “साधन-स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन नसके पनि थालनी भएका योजनाहरू पूरा गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको छ,” उनले भने ।

    मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको बताए ।

    उनले कुँडुले खानेपानी आयोजना कार्यान्वयनको तयारी पूरा भएको र मिलमिले–बलेवाङ्ग सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम छिट्टै अघि बढ्ने जानकारी दिएका छन् ।

    “विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म विचलित भएको छैन,” उनले भने, “विकासका कामलाई दृढताका साथ अघि बढाइरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहनेछु ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij