बुटवल । नेकपा (माओवादी केन्द्र) बुटवल नगर कमिटीले नवलपरासीको पर्सावलमा जनयुद्धका क्रममा ज्यान गुमाएका नौ जना शहिदहरूको स्मृतिमा सभा गरेको छ ।
पार्टीको बुटवल उपमहानगर समितिको आयोजनामा सोमबार शहिद स्मृति भवन बुटवलमा कार्यक्रम गरिएको हो ।
२०५९ साल कार्तिक ९ गते तत्कालीन शाही सेनाले घेरा हालेर समर, डी.बी. थापा, देविराम भुसाल, अनिरुद्ध यादव, लिलावती भण्डारी, बुद्धि बिक, पदमबहादुर थापा, बालकृष्ण काउछा र प्रकाश चौधरीको हत्या गरेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, केन्द्रीय नेताहरू बामदेव क्षेत्री, गोविन्द केसी, रामबहादुर परियार, जिल्ला संयोजक निर्मल जिसी र उपमहानगर अध्यक्ष महेन्द्र भुसालले शहिदहरूको योगदान स्मरण गर्दै सम्बोधन गरेका थिए ।
समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण, दमनको विरुद्धमा र राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने महान उद्देश्यसहित माओवादी आन्दोलनमा आवद्ध भएकै कारण राज्य पक्षबाट हत्या गरिएका योद्धाहरुको योगदान र सम्झना ताजा राख्न कार्यक्रम गरिएको माओवादी केन्द्र बुटवल उपमहानगर समिति अध्यक्ष महेन्द्र भुसालले बताए ।
कार्यक्रममा जनयुद्दकी शहीद परिवार सदस्य मिना न्यौपानेले ९ जना शहीदको जीवनी प्रस्तुत गरेकी थिइन्।
यस्तै लेखनाथ भण्डारी, माओबादी बुटवल नगर सचिव तुलसीराम न्यौपाने लगायतले आफ्ना भनाइ राखेका थिए ।




