२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा जेन जी वडापत्र जारी गर्दै सकियो राष्ट्रिय सम्मेलन

पाल्पामा जेन जी वडापत्र जारी गर्दै सकियो राष्ट्रिय सम्मेलन

पाल्पामा जेन जी वडापत्र जारी गर्दै सकियो राष्ट्रिय सम्मेलन

पाल्पामा जेन जी वडापत्र जारी गर्दै सकियो राष्ट्रिय सम्मेलन

पाल्पामा जेन जी वडापत्र जारी गर्दै सकियो राष्ट्रिय सम्मेलन
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • पाल्पा । राजधानी काठमाडौ देखी स्थानीय तहको वडातह सम्म आफ्‌ना गतिविधी विस्तार गदै भष्ट्रचारमुक्त समाज, डिजिटल सेवा र शुसासन कायम गर्ने अभियानका साथ जेन जीले पाल्पामा राष्ट्रिय सम्मेलन गरेको छ ।  

    सात वटै प्रदेश र केन्द्र र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागितामा  जेन जीले पाल्पामा पहिलो पटक राष्टिय सम्मेलन गरेको हो ।

    जेन जीको माग र अवधारणा बमोजिम पाल्पामा भदौ २३ र २४ गतेको आन्दोलन भएकोमा, आन्दोलनमा हजारौ व्यक्तिहरुको शान्तीपूर्ण प्रदर्शन भएको, सार्वजनिक तथा व्यक्तिगत कुनैपनि सम्पत्तिमा क्षती नपुर्याई जेन जीहरुको आन्दोलन भएकोले पाल्पालाई छनौट गरी राष्ट्रिय सम्मेलन गरिएको जेन जीका अभियान्ताहरुले बथाएका छन । राष्ट्रिय सम्मेलनले बडापत्र २०२५ जारी गरेको छ ।

    पाल्पामा जारी भएको जेन जी वडापत्र २०२५ ले  दण्डहीनताको अन्त्य गर्न, पारदर्शी, जवाफदेही र समावेशी शासन प्रणालीको निर्माण गर्न सहयोग पुग्ने बडापत्रमा उल्लेख छ ।

    युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुनःस्थापित गर्न, भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्रको आधार तयार गर्न, पूर्ण रूपमा अहिंसक तथा कानुनी राज्यको पालना गर्न मार्गदर्शन रहेको जेन जी अगुवा विपिन श्रेष्ठले बताए ।

    जेन जी राष्ट्रिय सम्मेलनमा देशभरीका युवाहरुलाई दण्डहिनताको अन्त्य, सुशासन, जवाफदेहिता, राजनिती र भष्ट्रचार विरुद्धको साझा अभियानमा संगठित गर्न जोड दिएको छ । 

    हरेक केन्द्र, प्रदेश र स्थानीय सरकारका हरेक विषयमा पारदर्शिता, समता, जवाफदेहिता, समावेशिता, नागरिक सहभागिता, न्याय र समानता, अहिंसा र शान्तीपूर्ण परिवर्तन, पर्यावरणीय जिम्मेवारी बनाउन आगामी दिनमा नागरिक र जेन जी पुस्ताले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारीमा केन्द्रित रहेर पाल्पामा राष्ट्रिय सम्मेलन गरिएको अभियान्ता विज्ञान घिमिरेले बताए ।

    सम्मेलनमा अभियान्ता घिमिरेले भष्ट्रचारको शुरुवात हुने स्थान, पात्रहरुको बारेमा चर्चा गर्दै भष्ट्रचारको अन्त्य, शुसासनको लागी जेनजीहरुको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

    नागरिकलाई अधिकार र जिम्मेवारी बनाउन सूचना प्राप्त गर्ने अधिकार, अभिव्यक्ति र सहभागी हुने अधिकार, सुरक्षित नागरिक सहभागिता जेन जी ले सक्रिय भएर काम गर्ने र जनतालाई उत्तरदायित्व बनाउन नैतिक आचरण अपनाउने, शान्तीपूर्ण र रचनात्मक सहभागिता जनाउने, एकता र सहिष्णुता कायम गर्ने, उत्तरदायित्व नेतृत्व अभ्यास गर्ने, राष्ट्रिय सम्मेलनले निर्यण गरेको जेन जी अगुवा उमेश भण्डारीले बताए ।  

    कामहरुको जवाफदेहिता बढाउन वडा, स्थानीय, जिल्ला, प्रदेश र केन्दस्तरीय संयन्त्र निर्माण गरी सेवा प्रवाह, विकास निर्माणका कार्यमा अनुगमन तथा समन्वय गर्ने, नागरिकहरु बाट प्रत्यक्ष, फोन, क्यु आर, अनलाईन तथा एप्स मार्फत समन्वय, सहजीकरण गर्ने र एक देखी सात दिन सम्म समस्याको समाधानको लागी कामको शुरुवात गर्ने राष्ट्रिय सम्मेलनले निर्यण गरेको जेन जी पाल्पाका अगुवा शुसिल बस्यालले बताए । जेनजीले आगामी दिनमा पाल्पामा जारी भएको बडापत्रमा आधारित भएर कार्य गर्ने जनाएको छ ।  

    सम्मेलनले आगामी दिनमा भष्ट्रचार विरुद्धको अभियान तथा सचेतना कार्यक्रम, खुला सूचना तथा डिजिटल पोर्टलको कार्यान्वयन, हरेक गतिविधीमा सूचनाको हक, कानुनी सहकार्यको लागी स्थानीय सरकार, जिल्ला प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग संग सम्वन्वय सहकार्य गर्ने जनाएको छ । 

    सम्मेलनमा जेन जी अगुवा गुञ्जन सिंह ठकुरी, कोशी प्रदेशका संयोजक उपार्जन चाम्लिङ, बाग्मती प्रदेशका संयोजक अप्सना वानु, लुम्बिनी प्रदेशसका संयोजक आदित्य आचार्य, सुदुर पश्चिम प्रदेशका संयोजक खेमराज साउद लगायत जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij