२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पुसभित्र महाधिवेशन गर्नैपर्छ, यो बाध्यात्मक हो : विश्वप्रकाश शर्मा

पुसभित्र महाधिवेशन गर्नैपर्छ, यो बाध्यात्मक हो : विश्वप्रकाश शर्मा

पुसभित्र महाधिवेशन गर्नैपर्छ, यो बाध्यात्मक हो : विश्वप्रकाश शर्मा

पुसभित्र महाधिवेशन गर्नैपर्छ, यो बाध्यात्मक हो : विश्वप्रकाश शर्मा

पुसभित्र महाधिवेशन गर्नैपर्छ, यो बाध्यात्मक हो : विश्वप्रकाश शर्मा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसभित्र महाधिवेशन गर्नैपर्ने बाध्यतामा पार्टी रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालबाट महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले उनीहरूको मागलाई सम्बोधन गर्नैपर्ने बताएका हुन् ।

    नियमित महाधिवेशन आगामी वैशाखसम्म पनि गर्न सकिने तर बहुमत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाले पुसभित्रै गर्नुपर्ने तर्क उनको छ ।

    "नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन । तर, विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ," उनले भनेका छन् ।

    उनले अगाडि भनेका छन्, "५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखितरूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो । विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्दछ । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रस्ट ढंकले बुझ्न जरुरी छ," शर्माले भनेका छन् ।

    कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिलाई लिएर चर्को विवाद छ । संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छ । तर, संस्थापनभित्रै पनि यसमा एकमत हुन सकेको छैन ।

    महामन्त्रीद्वय शर्मा र गगन थापासहित चुनाव अगाडि महाधिवेशन गर्नैपर्ने पक्षमा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij