२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मदिना जाँदै गरेको बस ठोक्कियो ट्यांकरसँग, ४२ भारतीयको जलेर मृत्यु

मदिना जाँदै गरेको बस ठोक्कियो ट्यांकरसँग, ४२ भारतीयको जलेर मृत्यु

मदिना जाँदै गरेको बस ठोक्कियो ट्यांकरसँग, ४२ भारतीयको जलेर मृत्यु

मदिना जाँदै गरेको बस ठोक्कियो ट्यांकरसँग, ४२ भारतीयको जलेर मृत्यु

मदिना जाँदै गरेको बस ठोक्कियो ट्यांकरसँग, ४२ भारतीयको जलेर मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • बुटजल । साउदी अरबमा बस दुर्घटना हुँदा ४२ जना भारतीय नागरिकको मृत्यु भएको छ। साउदी अरबमा इस्लाम धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थल मदिना भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा कम्तिमा ४२ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

    भारतीय तीर्थयात्री बोकेको बस डिजेल बोकेको ट्यांकरसँग ठोक्किएको हो। बस ठोक्किएपछि आगो लागेको र अधिकांशको जलेर मृत्यु भएको टाइम्सको समाचारमा उल्लेख छ।

    मृत्यु भएकाहरूमा सबैभन्दा बढी हैदरावादका छन्। त्यहाँका १६ तीर्थयात्रीको मृत्यु भएको बताइएको छ। साउदीका स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएअनुसार, मृतकहरूमध्ये धेरैजसो हैदरावादका बासिन्दा रहेको विश्वास गरिएको छ।

    हैदरावादको मल्लेपल्लीस्थित बजारघाट क्षेत्रका बासिन्दा रहेको प्रारम्भिक जानकारी आएको छ। अधिकारीहरूले अझै पनि मृतकहरूको पहिचान प्रमाणीकरण भइरहेको बताएका छन्।

    पीडितका एक आफन्तका अनुसार, यो समूह नोभेम्बर ९ मा हैदरावादबाट प्रस्थान गरेको थियो। मक्कामा उमराहको प्रार्थना गरेर मदिना फर्किने क्रममा दुर्घटना भएको हो। भारतका विदेश मन्त्री एस जयशंकरले घटनाप्रति स्तब्ध भएको बताएका छन्।

    उनले रियादस्थित भारतीय दूतावास र जेद्दास्थित महावाणिज्य दूतावासले पीडित र उनीहरूका परिवारलाई पूर्ण सहयोग गरिरहेको जानकारी दिएका छन्।  जेद्दास्थित भारतीय दूतावासले पीडितका परिवारका लागि २४/७ चल्ने कन्ट्रोल रुम र हटलाइन नम्बर स्थानपना गरेको छ। 

    तेलंगाना सरकारले आफूहरू रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्य सचिव र डीजीपीलाई तत्काल पीडितहरूको विवरण सङ्कलन गर्न र तेलंगानाका कति जना परेका छन् भनी यकिन गर्न निर्देशन दिएका छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij