२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जिफन्टका केन्द्रिय उपाध्यक्ष स्व. गौतमकाे याेगदानकाे चर्चा

जिफन्टका केन्द्रिय उपाध्यक्ष स्व. गौतमकाे याेगदानकाे चर्चा

जिफन्टका केन्द्रिय उपाध्यक्ष स्व. गौतमकाे याेगदानकाे चर्चा

जिफन्टका केन्द्रिय उपाध्यक्ष स्व. गौतमकाे याेगदानकाे चर्चा

जिफन्टका केन्द्रिय उपाध्यक्ष स्व. गौतमकाे याेगदानकाे चर्चा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले श्रमिक मजदुरलाई एकिकृत गर्दै आएको उल्लेख गरेका छन।

    ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष कमल गौतमको सम्मानमा आयोजना गरिएको श्वद्वाञ्जली सभामा बोल्दै उनले नेकपा एमालेले मजदुर बर्गको समेत पार्टी रहेको उल्लेख गर्दै मजदुरलाई सम्म्मानजन ब्यवहारको अवस्था रहेको बताए। 

    नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गौतमले मजदुर आन्दोलनकै क्रममा अकल्पनीय निधन भोग्नुपरेको पोखरेलले बताए। उनले गौतमले पार्टी पंक्तिमा र मजदुरको क्षेत्रमा निरन्तरता कार्य गरेको स्मरण गरेको बताए  ।

    उनले पार्टिको सबैभन्दा कम बाहुल्यता रहेको क्षेत्र रुपन्देही ४ मा निकै काम गरेको बताउदै प्रशम्सनिय कार्य गरेको उल्लेख गरे। 
    महासचिव पोखरेलले गौतमको निधनलाइ निधन भयो भनेर पीडा मात्रै लिनु भन्दा पनि उहाबाट प्रेरणा लिएर संकल्प गर्नुपर्ने बेला आएको बताए। 

    कमल गौतम जस्ता योद्धा अझै आवश्यक पर्ने अवस्थामा देश रहेको बताउदै पोखरेलले कमलको निधनले पार्टी र मजदुरको क्षेत्रमा अतुलनीय क्षती पुगेको बताए। 

    नेकपा एमालेका उपमहासचिव विष्नु रिमालले मजदुर संगठनलाई महत्त्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको बताए। उनले रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा निकै मिहेनत गरेको बताए। उनले आफ्नो सहपाटिको निधन निकै दुखद भएको बताएका थिए।

    जिफन्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टले एउटा सफल योद्धा गुमाएको बताए। उपाध्यक्ष गौतमको निधनको केही घन्टा अघिसम्म नियमित सम्बाद भईरहेको उल्लेख गरेका थिए। उनले गौतमको संगठनको जीवनकाल र ब्यक्तिगत जिवनको बारेमा तयार पारिएको डकुमेन्ट्री समेत प्रस्तुत गरेका थिए।

    एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरले पार्ट्री बलियो बनाउने क्षेत्रमा गौतमको भूमिका अतुलनीय रहेको उल्लेख गरे। उनले गौतमको सम्झनामा जिल्ला कमिटिले स्मरिका प्रकाशनको तयारी गरेको समेत बताए। 

    जिफन्ट लुम्बिनी अध्यक्ष हुमाकान्त काफ्लेले कमलको निधनले जिफन्टलाइ ठूलो धक्का लागेको बताउदै अभिभावक गुमाएको महसुस भएको बताए। 

    स्वर्गीय कमल पत्नी श्रीमती बिन्दु गौतमले कमलले लिएका जिम्मेवारीहरुलाइ सदैव पूरा गरेको बताईन। उनले कमलका सपना पूरा गर्न लाग्न सम्पूर्णलाइ आग्रह गरिन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij