बुटवल । जेन जी रुपन्देहीले रुपन्देहीका बुटवल सहित ५ वटा पालिका समिति गठनका लागि मंसिर ६ गते संयुक्त भेला आयोजना गरेको छ । जेन जी रुपन्देही तदर्थ समिति सचिव सुरज पोख्रेलका अनुसार बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकाको जेन समिति गठन गर्न तिलोत्तमाको वन वाटिकामा संयुक्त भेला आयोजना गरिएको हो । भेलामा १३ वर्षदेखि २८ वर्ष उमेरका युवा विद्यार्थी सहभागी हुन सक्ने सचिव पोख्रेलले बताए ।
जिल्लाका सबै पालिकामा संगठन विस्तार अभियान जारी रहेको उनले बताए ।





