२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै सिमरामा प्रदर्शन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौं । सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको छ ।

    विमानस्थलमा विमान चढिसकेपछि पनि यात्रुलाई फिर्ता गराइएको पत्रकार राजन कुइँकेलले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

    “शंकर पोखरेल र महेश बस्नेत जाने थाहा पाएपछि हाम्रो विमानलाई अवतरण नदिने भएपछि काठमाडौं विमानस्थलबाट विमानमा चढिसकेका यात्रुलाई ओरालिएको छ,” उनले भनेका छन्, “विमानस्थल नै बन्द गर्ने काम राम्रो होइन । यो गम्भीर विषय हो ।”

    बुध्द एयरको जहाज काठमाडौंबाट उड्नै लागेका बेला सिमराबाट यस्तो खबर आएपछि रोकिएको थियो ।  अब विमान जाने कि नजाने टुंगो नभएको कुइँकेलले बताएका छन् । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार विमानस्थल वरिपरि भीड बढेको छ । 

    “अहिले भीड बढेको छ,” उनले भने, “हामीले भीड नबढाउन अनुरोध गरेका छौँ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij