२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लोकतन्त्र : सम्भावना, सुन्दरता र दिगोपनाको आधार

लोकतन्त्र : सम्भावना, सुन्दरता र दिगोपनाको आधार

लोकतन्त्र : सम्भावना, सुन्दरता र दिगोपनाको आधार

लोकतन्त्र : सम्भावना, सुन्दरता र दिगोपनाको आधार

लोकतन्त्र : सम्भावना, सुन्दरता र दिगोपनाको आधार
लेखक ज्ञवाली नेकपा एमाले बुटवल उपमहानगर कमिटि निवर्तमान अध्यक्ष हुन् ।
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • लोकतन्त्र कुनै साधारण शासन प्रणाली होइन—यो समाज बिकास र समृद्धिको मेरुदण्ड हो,सुन्दर गहना हो। जसरी गहनाले मानिसको रूप-स्वरूपमा चमक थप्छ, त्यस्तै लोकतन्त्रले समाजको विचार, चेतना र चरित्रमा सुन्दरता भर्न सक्छ। तर यो सुन्दरता आफै उत्पन्न हुने शक्ति होइन; सचेत नागरिक, स्वस्थ प्रतिस्पर्धा र नैतिक राजनीतिक संस्कारबाट निर्मित हुने अमूल्य चिज हो।

    लोकतन्त्रको सबलता स्वस्थ प्रतिस्पर्धामा टिकेको हुन्छ, जहाँ मनि–मसलको प्रभुत्व होइन, क्षमता र चरित्रको जित सुनिश्चित हुन्छ। लोकतन्त्र चलायमान हुन नागरिक स्वयं चेतनशील र विवेकी हुनुपर्छ। तर चेतनालाई बिगार्ने  प्रमुख तत्व भनेको  "लोभ, मोह र डर–धम्की "हुन यिनि सधै लोकतन्त्रका विरोधी शक्तिका रूपमा उपस्थित हुन्छन्। यी तत्वलाई समाजले अस्वीकार नगरेसम्म सक्षम मानिसको उदय सहज हुँदैन। सधै छक्का पन्जा र घब्लाबाजी चली रहन्छ न्याय ,समानता र समृद्धि टुहुरो बनी रहन्छन् ।

    लोकतन्त्रको मूल सुन्दरता निराशामा होइन, सम्भावना र सपनामा टेकेको हुन्छ। नकारात्मकता होइन, सकारात्मक दृष्टिकोणमा अडेको हुन्छ । गाली र आरोप होइन, मिसन–भिजन र लक्ष्यदृष्टि सहितको लोकतन्त्रको आत्मामा टिकेको हुन्छ । जब राजनीतिक नेतृत्वलाई मूल्य, सिद्धान्त र लक्ष्यको दिशामा उभ्याइन्छ, तब समाज स्वतः सही दिशातिर मार्ग प्रस्त हुन्छ।

    WhatsApp Image 2025-11-19 at 2.49.24 PM.jpeg

    त्यसकै परिणामस्वरूप—

    -चेतनशील, सभ्य र सु-संस्कृत समाजको निर्माण हुन्छ,
    -मेलमिलाप, सहकार्य र परस्पर सहयोगको वातावरण बन्छ,
    -राजनीतिक संस्कारमा स्वच्छता जन्मिन्छ,
    -आर्थिक उत्पादनशीलता र सहकार्य विस्तार हुन्छ,
    -राष्ट्रको आर्थिक जग सबल बन्छ,

    अन्ततः “समृद्ध नेपाल, सुखी नेपाली” जस्ता राष्ट्रिय आकांक्षाहरू व्यवहारमा परिणत हुन्छन्।

    तर!
     लोकतन्त्रका छेउ–छाउमा त्यसलाई डिरेल गर्न खोज्ने तत्वहरू पनि उत्तिकै सक्रिय रहन्छन्।
    सबैभन्दा ठूलो चुनौती गरिबी हो—जहाँ पैसा र भोकले विवेकमाथि आक्रमण गर्छ। त्यहाँ लोकतान्त्रिक निर्णय क्षमता पैसावाल र दलाल–पूँजीवादीको नियन्त्रणमा जान्छ। जागिर, सुविधा र प्रलोभनको लोभमा नागरिकले योग्य नेतृत्व होइन, तत्कालीन सुविधा दिनेहरूलाई प्राथमिकता दिन थाल्छन्। यसले लोकतन्त्रको मेरुदण्ड "योग्य व्यक्तिको चयन" लाई नै धोती लगाइदिन्छ।

    अर्कोतर्फ, “जसरी भए पनि जित्नै पर्छ” भन्ने अराजनीतिक सोचले साम–दाम–दण्ड–भेदको अभ्यासलाई जन्म दिन्छ। यसरी उत्पन्न अन्योल, हिंसा र बदला–संस्कृतिले हारको सम्मान गर्ने परिपाटी नष्ट गर्छ। जब हार स्वीकारिने संस्कार हराउँछ, त्यहाँ लोकतन्त्र दीगो रहन सक्दैन।


    लोकतन्त्र दिगो रहनको लागि समाजले तीन कुरामा अविचल रहनुपर्छः

    1. नागरिक चेतनाको रक्षा
    2. राजनीतिक नैतिकताको अभ्यास
    3. आर्थिक स्वतन्त्रता र समान अवसरको प्रत्याभूति

    अन्ततः 

    लोकतन्त्र सुन्दर छ, किनकि यसले सबैलाई समान अवसर दिन्छ; लोकतन्त्र शक्तिशाली छ, किनकि यसले क्षमता पहिचान गर्छ; लोकतन्त्र महान् छ, किनकि यसले निराशालाई होइन, सम्भावनालाई रोज्छ।

    त्यसैले—

    लोकतन्त्रको सुन्दर अभ्यास नै राष्ट्रको निकास हो, प्रगति हो, र समृद्धिको मार्ग हो।
    यसको रक्षामा नागरिक सचेतता, नैतिक नेतृत्व र विवेकपूर्ण निर्णय नै हाम्रो सामूहिक जिम्मेवारी हो। धन्यवाद

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij