९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका सबै पदमा भागबन्डा गरेर चार दलका सन्धिखर्क नगरस्तरीय नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन निर्देश गरेका थिए ।
भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका थिए । रास्वपाको समर्थनमा जितेका भुसाल जेनजी विद्रोहपछि नेपाली कांग्रेस छाडेर स्वतन्त्र रहेका छन् । उनी नेपाली कांग्रेस सन्धिखर्क नगर सभापति थिए । यस्तै रास्वपा समर्थित प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वेदराज घिमिरे र कोेषाध्यक्षमा सरिता महत निर्वाचित भएका छन् । उपाध्यक्षमा भेष बहादुर केसी, सचिवमा जिबलाल पौडेल र सहसचिवमा कल्पना पोखरेल भने चार दलीय गठबन्धनबाट निर्वाचित भएका छन् । ९ जनाका लागि भएको चुनावमा ६ जना चार दलीय गठन्धनबाट विजयी भएका छन् ।
खानेपानी संस्थाको चुनाव भएको क्षेत्र एमाले नेता टोपबहादुर रायमाझी, लुम्बिनीका मुख्यमन्त्री एमाले नेता चेतनारायण आचार्य , कांग्रेस नेतृ पुष्पा भुसालको निर्वाचन क्षेत्र हो । एक हजार सात सय बढी मतदाता रहेको सस्थाको चुनावमा एक हजार ६८ मत खसेको थियो ।
संस्थाको नेतृत्वमा जिल्लाका पुराना सबै दल मिलेर गठबन्धन गर्दा पनि स्वतन्त्र उम्मेदवारसंग चुनावमा पराजय ब्याहोर्न वाध्य भएपछि एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले गठबन्धनमा सामेल दलहरुलाई अन्तरघात गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष गोपाल खनालले पार्टी जिल्ला सभापति, प्रदेश महामन्त्री र जिल्लाका केन्द्रीय स्तरका नेताहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । रास्वपा जिल्ला सभापति हरिप्रसाद भुसालले भने आम नागरिक र मतदाताले दलीय सिण्डिकेट र गठबन्धन नरुचाएको र परिवर्तन चाहेको खानेपानीको चुनावी परिणामले पुष्टी गरेको बताए ।





