लोकतन्त्र कुनै सामान्य व्यवस्थागत संरचना होइन; यो मानव चेतना, विवेक, मूल्य र नैतिकतामा आधारित दीर्घकालीन विकास परियोजना हो। लोकतन्त्र भन्नाले केवल सरकार बदल्ने, ढाल्ने वा बनाउने मात्र विधि भन्ने बुझिँदैन—यसले नागरिकलाई स्वतन्त्र निर्णय क्षमता दिन्छ, योग्य नेतृत्व जन्माउन सक्षम बनाउँछ, सामाजिक सह–अस्तित्वलाई मजबुत बनाउँछ, र राष्ट्रलाई स्थिरता तथा समृद्धिको दिशामा अगाडि बढाउने आधार निर्माण गर्छ भने यसको दिगोपनाको वास्तविक शक्ति सचेत नागरिक, पारदर्शी राजनीतिक आचरण, अवसरको समानता, आर्थिक स्वावलम्बन र प्रतिस्पर्धाको स्वस्थ संस्कृतिमा निहित हुन्छ। लोकतन्त्र जब नागरिकको चेतनासँग जोडिन्छ, तब त्यो केवल शासनको प्रणालीबाट जीवनशैली र मूल्यप्रणालीमा रूपान्तरण हुन्छ।
यही लोकतान्त्रिक अभ्यासको उन्नत रूप, वैज्ञानिक समाज–विश्लेषण र नेपालजस्तो बहुलता युक्त समाजको वास्तविकतालाई समेटेर जन्मिएको सिद्धान्त हो—जनताको बहुदलीय जनवाद (जबज)। मदन भण्डारीले यो सिद्धान्त प्रतिपादन गर्दा विश्व कम्युनिस्ट आन्दोलन धर्मराइरहेको थियो ,कठोरतावाद, अधिनायकवाद र वैचारिक द्वन्दको चक्रमा अल्मलिएको थियो। सोभियत मोडेल विफल भएको थियो भने चिनियाँ मोडेल कठोर बिँदुमा उभिएको विश्व कम्युनिस्ट आन्दोलन दिशाहीन भइरहँदा जबजले नयाँ बाटो देखायो—लोकतन्त्रलाई नष्ट होइन, जगेर्ना गर्ने ,उपयोग गरेर समाजवादतर्फ अगाडि बढ्ने मार्ग। त्यो बिचार थियो "बिश्व कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण " यही वैचारिक मौलिकताका कारण अमेरिकाको प्रतिष्ठित पत्रिका The Times ले लेख्दै भन्यो—“Karl Marx is alive in Nepal।” यसले जबजले दिएको बौद्धिक प्रभावको विश्वव्यापी मान्यता प्रमाणित गर्छ। एसका केही सबल पक्ष हरुलाइ यहाँ चर्चा गरौ ।
१. लोकतन्त्रका सबल पक्ष : विविधता–सहितको एकतादेखि परिपक्व राजनीतिक रूपान्तरणसम्म
नेपाल बहुल जातीय, भाषिक, सांस्कृतिक र भूगोलिक विविधताको देश हो। यस्तो जटिल समाजमा लोकतन्त्रले एउटा महत्वपूर्ण काम गरेको छ —विविधतालाई एकताको सूत्रमा बाँधेर राष्ट्रलाई अघि बढ्ने शक्ति प्रदान गरेको छ ।
लोकतन्त्रले नागरिकलाई विचार, पहिचान र आकांक्षाको स्वतन्त्र अभिव्यक्तिको अधिकार दिन्छ, जसले समाजलाई उत्तरदायी, सचेत र सहभागी बनाउँछ। यही कारण नेपालमा अनेक ऐतिहासिक मोडहरूमा लोकतन्त्र निर्णायक शक्ति बनेर उभिँयो।
उदाहरणका लागि—
(क) चरम विभाजनकारी एजेन्डाहरूलाई जनताले आफ्नो मत बाट अस्विकार गरे।
संविधानसभा प्रक्रियाको आरम्भिक चरणमा जातीय राज्य, आत्मनिर्णयको नाममा अलग राष्ट्र, पृथकतावादी पटकथाहरू जस्ता अतिवादी एजेन्डा प्रचलित भए। तर जनताले मतदानको शक्ति प्रयोग गरेर ती सबैलाई अस्विकार गरे। किनकि लोकतन्त्रले दिएको सहभागिता, अभिव्यक्ति र प्रतिस्पर्धाको ठाउँले नागरिकलाई विकल्पभन्दा राम्रो बाटो देखाइसकेको थियो।
(ख) आन्दोलन र विद्रोहको रूपान्तरण लोकतान्त्रिक प्रक्रियामा भयो।
मधेस आन्दोलनले पहिचान, समानुपातिकता र सहभागिताका अधिकार जित्यो, तर देश विखण्डनको बाटो रोजेन। बन्दुकको नालबाट सत्ता–परिवर्तनको कुरा गर्ने बिप्लव समूह अन्ततः जनमत र प्रतिस्पर्धाका कारण ब्यालेटतर्फ फर्कियो। हिंसा–केन्द्रित राजनीति लोकतन्त्रले नै संवाद, प्रतिस्पर्धा र नीतिगत बहसतर्फ मोडिदियो—यो लोकतन्त्रको अपूर्व सफलता हो।
(ग) संयुक्त जनआन्दोलन : निरंकुशता विरुद्ध लोकतन्त्रकै ऐतिहासिक विजय।
२०४६ र २०६२/६३ का जनआन्दोलनहरूले सिद्ध गरिदिए—जब अत्याचार, हत्या, दमन र निरंकुशता चरममा पुग्छ, त्यसलाई परास्त गर्ने शक्ति लोकतन्त्रकै संयुक्त धारा हो। गणतन्त्रसम्मको यात्रा जनताको चेतना र लोकतन्त्रप्रतिको आस्थाको ऐतिहासिक जित हो।
अतः लोकतन्त्रले नेपालमा विविधतालाई व्यवस्थित, असन्तुष्टिलाई रूपान्तरण, र विखण्डनलाई समायोजनतर्फ लैजाने शक्ति दिएको छ—र यही यसको महान सबल पक्ष हो। हरेक चिजको सबल दुर्वल पक्ष हुन्छ ।एसलाई पनि चर्चा गरौ।
२. लोकतन्त्रका दुर्वल पक्ष : प्रतिस्पर्धा सहन नसक्ने संस्कारदेखि भ्रष्टाचारसम्म
तर लोकतन्त्र केवल सुन्दर अभ्यासमा मात्र टिक्छ। अभ्यास बिग्रियो भने प्रणाली कमजोर हुन्छ। नेपालमा देखिएका कमजोर पक्षहरू लोकतन्त्रका जन्मजात त्रुटि होइनन्—तर मानव आचरण, राजनीतिक संस्कार र संस्थागत कमजोरीका परिणाम हुन्।
पहिलो
👉️ स्वस्थ प्रतिस्पर्धा स्वीकार्न नसक्ने प्रवृत्ति।
👉️नेपाली दलहरूमा फुट, गुट, समूहका श्रृंखला
👉️ सेर बहादुर देउवाद्वारा कांग्रेस फुट
👉️ बामदेव ,सिपि–योगेश भट्टराई द्वारा एमाले बिभाजन माले गठन ।
👉️ प्रचण्ड,नारायण काजीद्वारा नेकपा विभाजन,
👉️ बाबुराम , मोहन बैद्द, सिपि , बिप्लब द्वारा विभिन्न समुहमा माओबादी बिभाजन अन्तत प्रचण्ड बाट विघटन
👉️ माधव नेपाल–झलनाथद्वारा एमाले बिभाजन गरि समाजवादी गठन
👉️ बाबुरामद्वारा नयाँ शक्ति गठन
यी घटनाहरूले राजनीतिमा प्रतिस्पर्धालाई स्वस्थ र संस्थागत गर्ने संस्कार कमजोर रहेको पुस्ठी हुन्छ , लोकतान्त्रिक बिधि र सस्कार लाई ब्याबाहारिक अभ्यस्त हुन नसक्दा कमजोरी देखाउँछ।
दोस्रो
👉️ पैसा, बाहुबल र भ्रमको राजनीति।
👉️ यति संवेदनशील प्रणालीमा
👉️ पैसाको प्रभाव
👉️ मसल पावर
👉️ गलत प्रचार
👉️ युवालाई अन्तर बिरोध बाट गाली–गलौज सिन्डिकेट र ध्रुवीकरणमा धकेल्ने प्रवृत्ति
यी सबैले लोकतन्त्रको आधारस्तम्भ लाइ नै ध्वस्त पार्छन् ।
तेस्रो
सुशासनको अभाव र बढ्दो भ्रष्टाचार।
👉️ प्रशासनिक अन्याय
👉️ सस्था संगठन र पार्टी भित्र ब्याप्त सिन्डिकेट
👉️ नातावाद, कृपा बाद
👉️ राजनीतिक संरक्षण
👉️ नैतिक पतन
यी सबैले लोकतान्त्रिक विश्वसनीयतालाई जोखिममा पारिरहेका छन्।
चौथो–
👉️ नयाँ पार्टी जन्मिए पनि राजनीतिक संस्कार, प्रशिक्षण र अनुशासनको कमी।
👉️ निरासा को ब्यापार ,अराजकता को मिसन, निर्माण र समृद्धि को ल्याप्स
👉️सिन्डिकेट, निराशा र अवसर नपाएको भावनाले नयाँ शक्ति जन्मिन्छन् तर राजनीतिक परिपक्वता अभावमा ती शक्ति पुनः अस्थिरता र अराजकताको चक्रमा जकडिन्छन ।
तर
यिनै कमजोरीहरू देखेर लोकतन्त्र असफल हुन्छ भन्ने होइन; लोकतन्त्र एस्तो अमृत बुटिक हो " लोकतन्त्रमा लोकतन्त्रलाई सुधार्ने शक्ति लोकतन्त्रमा नै हुन्छ- जबजको दृष्टिबिन्दु र मुल सार यही हो "—लोकतान्त्रिक व्यवस्थालाई बदलेर होइन, सुधारेर परिमार्जन गर्नुपर्छ। अब चर्चा गरौ जबजको सार...
३. जबज : लोकतन्त्रको उन्नत, वैज्ञानिक र नेपालीकृत विचारधारा
जबजले विश्वलाई देखाएको मुख्य बौद्धिक दृष्टि के हो भने—लोकतन्त्र र समाजवाद एक अर्काका विरोधी होइनन् परिपुरक हुन दुवै सहयात्री बनेर अघि बढ्न सक्छन्।
जबजले लोकतन्त्रलाई केवल सत्ता प्राप्तिको साधन मानेन। यसले लोकतन्त्रलाई नै आदर्श विज्ञान, नैतिकता, सहभागिता, प्रतिस्पर्धा र सामाजिक रूपान्तरणको मुख्य आधार बनायो।
यसको सार छ—
👉️ बहुदलीय प्रतिस्पर्धामार्फत समाजवाद
👉️ जनताको प्रत्यक्ष सहभागिता
👉️ चरणबद्ध रूपान्तरण
👉️ राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरता
👉️ आर्थिक समानता
👉️ सुशासन र पारदर्शिता
👉️ नागरिक–केन्द्रित राज्य संरचना
जबजले प्रमाणित गर्यो—
कम्युनिस्ट आन्दोलन सत्ता–केन्द्रित कठोर संरचनामा बाधिनु पर्दैन; नागरिक–केन्द्रित लोकतान्त्रिक संरचनाबाट पनि समाजवादतर्फ यात्रा गर्न सकिन्छ।
यही कारण अहिले पनि जबज नेपालको स्थायित्व, समृद्धि, सामाजिक सद्भाव र राष्ट्रिय आत्मनिर्भरता निर्माणका लागि सबैभन्दा वैज्ञानिक, आधुनिक र प्रभावकारी वैचारिक जग बनेर उभिएको छ।
जबज केवल वैचारिक सूत्र होइन; यो नेपाली क्रान्तिको बौद्धिक नक्सा, लोकतन्त्रको परिष्कृत रूप, र राष्ट्र–निर्माणको भावी मार्गदर्शन हो।
निष्कर्ष :
लोकतन्त्र + जबज = समृद्ध नेपाल–सुखी नेपाली- सान्त नेपाल
लोकतन्त्र सुन्दर अभ्यास हो—अभ्यास बिग्रियो भने प्रणाली बिग्रन्छ; अभ्यास उन्नत भयो भने राष्ट्र पनि उन्नत हुन्छ।
जबज लोकतन्त्रलाई व्यवहार, विज्ञान र राष्ट्रिय आवश्यकतासँग जोडेर परिष्कृत बनाउने नेपाली मौलिक सिद्धान्त हो। लोकतन्त्रले नागरिकलाई सहभागिता दिन्छ
जबजले सहभागी नागरिकलाई लक्ष्य–युक्त रूपान्तरणको बाटो देखाउँछ ।लोकतन्त्रले प्रतिस्पर्धा दिन्छ
जबजले प्रतिस्पर्धालाई उद्देश्यसँग जोड्छ ,लोकतन्त्रले स्वतन्त्रता दिन्छ। जबजले स्वतन्त्रतालाई समृद्धिको संरचनामा रूपान्तरण गर्छ।
यी दुवै मिलेर—
स्थिरता, सुशासन, समृद्धि, सद्भाव र आत्मनिर्भर नेपाल सम्भव हुन्छ।
नेपालले २०४६ र २०६२/६३ मा लोकतन्त्रको शक्ति देखाइसकेको छ, र २०४८ यताकै राजनीतिक अनुभवले जबजको प्रभावकारिता प्रमाणित गरिसकेको छ।
अब आवश्यक छ—सुधार, उन्नति र परिष्कृत उन्नत शासन ब्याबस्था ।
लोकतन्त्रको सुन्दर अभ्यास+जबजको वैज्ञानिक मार्गदर्शन = राष्ट्रको निकास, प्रगति र उज्ज्वल भविष्य त्यही नीर छ ।
धन्यवाद




