२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमाले महाधिवेशन : रुपन्देही २ मा छनिए १० प्रतिनिधि

एमाले महाधिवेशन : रुपन्देही २ मा छनिए १० प्रतिनिधि

एमाले महाधिवेशन : रुपन्देही २ मा छनिए १० प्रतिनिधि

एमाले महाधिवेशन : रुपन्देही २ मा छनिए १० प्रतिनिधि

एमाले महाधिवेशन : रुपन्देही २ मा छनिए १० प्रतिनिधि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही- २ मा पार्टीको ११औँ महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत गराउने प्रयास असफल भएपछि निर्वाचन भएको छ ।

    एमालेको आसन्न ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न रूपन्देही- २ का ६ हजार ५१ संगठित सदस्यबीच मतदानबाट १० प्रतिनिधि चयन गरिएको हो । ३ क्लस्टर (खुला, महिला र युवा) मा विभाजन गरी कुल १० जना प्रतिनिधि विजयी भए ।

    खुलातर्फ वासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा विजयी भए । घिमिरे विघटित प्रतिनिधिसभा सदस्य हुन् । राना पौडेलनिकट व्यवसायी हुन् । केसी एमाले रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् ।

    महिलातर्फ ज्ञानु केसी, कल्पना थापा र बिमला श्रेष्ठ चयन भएका छन् भने युवा क्लस्टरबाट बालकृष्ण पाण्डे विजयी बने । मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य पराजित भए ।

    १० पदका लागि कुल २७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । शनिबार दिउँसो १ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो भने आइतबार बिहान ४ बजे मतगणना परिणाम सार्वजनिक गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij