बुटवल । नेकपा (एमाले)को आसन्न ११औँ महाधिवेशनका निम्ति कपिलवस्तुमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको छ । जिल्लाका तीन क्षेत्र र दलित ‘क्लस्टर’बाट सर्वसम्मत रूपमा प्रतिनिधि छानिएका हुन् ।
पटक–पटकको छलफलपछि तीनै निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।
उनका अनुसार, क्षेत्र नम्बर–१ बाट डम्मर शर्मा (खुला), विश्रामप्रसाद चौधरी (खुला), बजरंगी कुर्मी चौधरी (खुला), टुकलाल गैरे (युवा), शान्ता पाण्डे (महिला) र विमला चौधरी (महिला) चयन भएका छन् ।
क्षेत्र नम्बर–२ बाट बाबुराम खनाल (खुला), मैराज खाँ (खुला), शारदा शर्मा (महिला), सरिता आचार्य (महिला) र देवीराम अर्याल (युवा) छानिएका छन् ।
यस्तै, क्षेत्र नम्बर–३ बाट अर्जुनकुमार केसी (खुला), गोपालबहादुर थापामगर (खुला), गंगा घर्तीमगर (महिला) र नारायण सापकोटा (युवा) चयन भएका छन् । दलित क्लस्टरबाट सीबी गहतराज छानिएका खनालले जानकारी दिए ।




