बुटवल । गुल्मीबाट एमाले प्रतिनिधि सर्वसम्मत महाधिवेशन प्रतिनिधित्व छनोट गरिएको छ । उपमहासचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट तथा एमाले नेतृ रामकुमारी झाँक्रीको जिल्ला गुल्मीका सर्वसम्मत २० प्रतिनिधि छनोट गरिएको हो । प्रतिनिधि बन्नका निम्ति यहाँ ६१ जनाले मनोनयन दर्ता गराएका थिए । तर, सर्वसम्मत प्रतिनिधि छनोट गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षधर बलियो रहेको गुल्मीमा ६० प्रतिशत ओली पक्ष र ४० प्रतिशत ईश्वर पक्षलाई दिनेगरी सहमति गरिएको थियो । तर, अन्तिममा ओली पक्षले पेलेर एकलौटी निर्णय गरिएको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट नौ जना, क्षेत्र नम्बर २ बाट आठ जना र दलित कलस्टरबाट तीन जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । क्षेत्र नम्बर १ बाट २७ जनाले र २ बाट २८ जनाले मनोनयन दर्ता गरेका थिए ।
सर्वसम्मत भएकामध्ये तीनजना मात्रै ईश्वर पक्षधर छन् भने बाँकी १३ जना ओली पक्षमा छन् ।
खुल्लातर्फ पाँचजना बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पिताम्बर अर्याल, रामजी ढकाल छन् । त्यस्तै, महिलातर्फ तीनजनामा सुशीला पुन, राधिका अर्याल, अञ्जु कँडेल खत्री र युवातर्फ एक जनामा अर्जुन कनौजे सर्वसम्मत छनोट भएका हुन् ।
त्यस्तै, खुल्लातर्फ हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर विष्ट, रितबहादुर थापा, महिलातर्फ ललिता गौतम, कमला शर्मा, सरिता खड्का र युवातर्फ माधव विष्ट सर्वसम्मत छनोट भए ।
दलित कलस्टरबाट प्रतिनिधित्व गर्ने एकजना महिलासहित तीनजना महाधिवेशन प्रतिनिधिका लागि सातजनाले मनोनयन दर्ता गरे पनि दलित खुल्लातर्फ कृष्ण सुनार, सूर्य सोनी र दलित महिलातर्फ रिता
रम्तेल सर्वसम्मत छनोट भएका छन् ।




