२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित

गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित

गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित

गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित

गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • नवलपुर । 
    नेकपा एमालेको केन्द्रिय प्रतिनिधि छनौटको क्रममा नवलपुरमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे पराजित भएका छन् ।


    केन्द्रिय प्रतिनिधिका लागि नवलपुर क्षेत्र नं. २ बाट खुल्लातर्फबाट उम्मेदवारी दिएका पाण्डे  ३ सय ४० मत प्राप्त गर्दै पराजित भएका हुन् । ८ जना उम्मेदवार मध्ये उनी अन्तिम २ मा परेका थिए ।


     नवलपुर २ बाट खुल्लातर्फ मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, बाबुराम पाण्डे र रोशन थापा निर्वाचित भएका छन् ।


     त्यसैगरी नवलपुर २ बाट युवातर्फ कृष्ण गैरे, महिलातर्फबाट कावासोती नगर उपप्रमुख फूलकुमारी थनेत र र बालु पुरी निर्वाचित भएका छन् । त्यसैगरी नवलपुर क्षेत्र नं. १ बाट खुल्लातर्फ ४ जना प्रतिनिधिका लागि भएको १२ जनाको उम्मेदवारी परेकोमा गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशनबहादुर गाहा, एमाले पूर्व जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, नेकपा एमाले नवलपुर जिल्ला सचिव भिमलाल कंडेल र नरदेव न्यौपाने निर्वाचित भएका छन् ।


    यहाँ महिलातर्फ देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी र विजयी भएका छन् भने युवातर्फ बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगर विजयी भएका छन् ।


     दलिततर्फ जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विक निर्विरोध निर्वाचित भएका हुन् । एमाले जिल्ला अध्यक्ष जीवन श्रेष्ठले उम्मेदवारी दिएनन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij