२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमाले पदाधिकारी : उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो

एमाले पदाधिकारी : उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो

एमाले पदाधिकारी : उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो

एमाले पदाधिकारी : उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो

एमाले पदाधिकारी : उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  •  काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनबाट तीन महिनाअघिमात्रै पारित भएको विधान संशोधन हुने भएको छ ।

    एघारौं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो ।

    अब केन्द्रीय कमिटीबाट पारित उक्त निर्णय महाधिवेशनको हलमा प्रस्तुत हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    विधान संशोधन भएर बन्ने नयाँ पदाधिकारीको संख्या १९ हुनेछ ।

    अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने निर्णय भएको गौतमले जानकारी दिए ।

    यसअघि पनि एमालेको पदाधिकारी संख्या १९ नै थियो । भदौमा भएको विधान महाधिवेशनले भने त्यसलाई घटाएर १५ बनाउने निर्णय लिएको थियो ।

    यद्यपि अन्तिम अवस्थामा पुन: पदाधिकारी संख्या नघटाइने भएको छ । यसअघि पदाधिकारीमा रहेको वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ ।

    महासचिव र उपमहासचिव यथावत राखिएको छ । दशौं महाधिवेशनमा पनि एमालेले एक जना महासचिव र ३ जना उपमहासचिव रहनेगरी पदाधिकारी बनाएको थियो ।

    यसपटक उपाध्यक्षको भने संख्या घटाइएको छ । यसअघि एमालेमा ६ जना उपाध्यक्ष थिए । अब विधान संशोधनमार्फत उपाध्यक्षको संख्या ५ बनाइएको छ ।

    त्यस्तै, यसअघि ७ जना रहेका सचिवको संख्या बढाएर ९ बनाइएको छ ।

    एमालेका एक नेताका अनुसार, पदाधिकारीको संख्याबारे यसअघि बसेको पोलिटब्यूरो बैठकमा पनि उठेको थियो । त्यतिबेला पदाधिकारी र केन्द्रीय कमिटी नघटाउनेगरी छलफल चलेको थियो ।

    आज पनि केन्द्रीय कमिटी बैठकको फ्लोर खुला हुनासाथ केही नेताहरूले विधान संशोधन हुनुपर्ने बताए ।

    उक्त प्रस्तावमाथि निर्णय भएपछि इतर पक्षका नेताहरूले भने विरोध जनाएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij