२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    मंगलबार (पुस १) आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथग्रहण गरेका हुन् । त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथग्रहण गरिन् ।

    कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो ।

    शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी उनको सचिवालयले जनाएको छ । अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न उनले निर्देशन दिइन् ।

    "हामीले तपाईंहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ," कार्कीले भनिन्, "मुलुकको अहिलेको परिस्थितिबारे जानकार नै हुनुहुन्छ । यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ । देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ । अहिलेको परिस्थितिको राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ । मलाई आशा छ, तपाईंहरू यस कार्यमा सफल हुनुहुनेछ ।"

    मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij