२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमाले निर्वाचन: मतदान सुरू हुन साँझ ८ बज्ने

एमाले निर्वाचन: मतदान सुरू हुन साँझ ८ बज्ने

एमाले निर्वाचन: मतदान सुरू हुन साँझ ८ बज्ने

एमाले निर्वाचन: मतदान सुरू हुन साँझ ८ बज्ने

एमाले निर्वाचन:  मतदान सुरू हुन साँझ ८ बज्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • बुटवल । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान ढिला हुने भएको छ।

    विद्युतीय मेसिनबाट हुने यो मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेसिनमा इन्ट्री गराउन समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ।

    'सोमबार राति मात्र हामीलाई नामावली प्राप्त भयो। त्यस अनुसार हामीले डेटा इन्ट्री गरेका थियौं,' भोटिङ मेसिन उत्पादक कम्पनीका प्रमुख रामप्रसाद रिमालले सेतोपाटीसँग भने, 'आज पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम मिलाएर सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन समय लाग्ने भएको छ।'

    अब वर्णानुक्रम अनुसार मेसिनमा नामहरू इन्ट्री गरिने उनले बताए।

    नाम इन्ट्री गरेपछि निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले हेरेर प्रमाणीकरण गर्नेछन्। मेसिनमा उम्मेदवारहरूको फोटो पनि राखिने भएको छ। फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको रिमालले बताए।

    नेकपा एमालेले भने मतदानका लागि मेसिन तयार गर्न कम्पनीलाई ताकेता गरेको छ। एमालेले ताकेता गरे पनि करार सम्झौता अनुसार १२ घन्टाअघि नामावली उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको रिमालले बताए।

    'हामीलाई हिजो बेलुका आएको उम्मेदवारको नामावलीमा आज वर्णानुक्रम परिवर्तन भएर आयो,' रिमालले भने, 'त्यसैले सबै मेसिनमा इन्ट्री गर्न ३ देखि ४ घन्टा लाग्छ।'

    मतदानका लागि सयवटा मेसिन राख्ने तयारी भइरहेको जानकारी दिँदै रिमालले भने, 'सबै मेसिनमा डेटा अपलोड गर्नुपर्छ, इन्टनेटबाट डिभाइस जोडिँदैन। त्यसैले डेटा अपलोड गर्न समय लाग्छ।'

    छिटो गरी सुरू गर्दा पनि साँझ ८ बजे मात्र मतदान सुरू हुने उनले बताए। मतदानपछि गणना गर्न ३ देखि ४ घन्टा लाग्ने रिमालले उल्लेख गरे। नेकपा एमालेको निर्वाचन आयोगले पनि साँझ ८ बजे मतदन सुरु हुने सूचना प्रकाशित गरेको छ।


    एक जनाले मतदान गर्न ४० मिनेट लाग्ने रिमालले उल्लेख थिए। १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन्। ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्। 

    नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ। भोलिदेखि हल अर्कै कम्पनीलाई भाडामा दिएका कारण एमालेलाई समयमै मतदान सक्न दबाब छ। अर्कातर्फ नेकपा एमालेको ईश्वर पोखरेल पक्षले भने राति मतदान गर्न नहुने अडान लिइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij