२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

'पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं'

'पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं'

'पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं'

'पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं'

'पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं'
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन्। 

    मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत बताए। 

    अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए।उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए। करिब १० दिन सम्मका लागि विजनेस भए पनि अरू विजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो।  

    अध्यक्ष दाहालले भने,‘पुसको १२ गते बैठक बोलाउँछु म। जसरी पनि त्यो काम पूरा गर भनेर ठेकेदारलाई भनिएको छ। मलाई लाग्छ–१०, १२ गतेसम्म हल तयार हुन्छ। अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन। अब के होला त्यो कार्यान्वयनमा जाला? तर बैठक चाहिँ हामी १०/१२ गतेतिर बस्छौँ। तर अब सरकारसँग विजनेस केही पनि छैन। हामीसँग २/३ वटा विधेयक छन्।’

    उनले अगाडि भने, ‘कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरू छन्। मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो। तर त्यति धेरै विजनेसहरू छैन। अब उता गएको विधेयकहरू निष्क्रिय भइहाले। हामीसँग ४ वटा छन्। हामीसँग विधेयक नै कम छन्। एउटा विधेयक अध्यादेशमार्फत् आएको छ। त्यो आर्थिक विधेयक हो भने राष्ट्रिय सभालाई छलफल गर्ने अधिकार छैन। त्यो प्रतिनिधि सभामा मात्रै छलफल हुने हो। त्यसकारण हामीसँग १० दिन भन्दा बढी छलफल गर्ने विजनेस छैन। सरकारलाई विजेनसको बारेमा सोच्नुस् भनेर भनेको छुु। जसोतसो चलाउनुपर्ला।’

    अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि विजनेसको अभाव हुने अवस्था रहेको बताए।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij