२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीबाट रास्वपाका समानुपातिक सांसदका ४४ उम्मेदवार को को ?

लुम्बिनीबाट रास्वपाका समानुपातिक सांसदका ४४ उम्मेदवार को को ?

सात प्रदेशबाट ३५२ जनाको प्रारम्भिक सूचिबाट पार्टीले पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गरी ११० जनालाई उम्मेदवार बनाउने छ ।

लुम्बिनीबाट रास्वपाका समानुपातिक सांसदका ४४ उम्मेदवार को को ?

लुम्बिनीबाट रास्वपाका समानुपातिक सांसदका ४४ उम्मेदवार को को ?

सात प्रदेशबाट ३५२ जनाको प्रारम्भिक सूचिबाट पार्टीले पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गरी ११० जनालाई उम्मेदवार बनाउने छ ।

लुम्बिनीबाट रास्वपाका समानुपातिक सांसदका ४४ उम्मेदवार को को ?
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२

  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका  समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ । सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए । पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास भन्दै आवेदन मागेको थियो । 
    समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका ३५२ जनाको नाम पुस ३ गते सार्वजनिक भएको हो । जसमा सबैभन्दा धेरै बागमति प्रदेशबाट ९४ जना छन् भने कर्णालीबाट २० जना मात्र छन् । 
    यस्तै कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१जना, गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना र सुदूरपश्चिमबाट ३० जनाले आवेदन दिएका छन् । लुम्बिनीबाट प्रारम्भिक सूचिमा परेकाहरुमा पार्टी केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल (दाङ), पार्टी प्रदेश प्रचार विभाग प्रमुख महेन्द्रप्रसाद उपााध्या (रुपन्देही),  रुपन्देही ३ मा तोकिएको प्रतिनिधि सभा सदस्य उपचुनावका ९ जना आकांक्षीमा परेका भैरहवाकी पुनमकुमारी अग्रवाल, ज्ञानु पौड्याल, पुर्व प्रदेश मन्त्री कल्पना पाण्डे लगायत रहेका छन् । 


    सार्वजनिक गरिएको तालिका अनुसार पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको र प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग सातै प्रदेशमा छलफल तथा पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन र प्रारम्भिक चुनाव गरी पुस १४ गतेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने पार्टीका उम्मेदवार छनोट समिति संयोजक एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिए । 


    ‘रास्वपाले उम्मेदवार छनोटमा वैज्ञानिक विधि अपनाउन पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गर्ने छ,यस अवधिमा मतदाताको घरदैलोमा पठाएर उम्मेदवारहरूको नेतृत्व क्षमता र राजनीतिक ज्ञानको परीक्षण गरिने छ’–आचार्यले भने–‘उम्मेदवारहरुको क्षमता परीक्षण पश्चात पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन पनि हुने छ यी सबै प्रकृयापछि पुस १४ गते अन्तिम नामावली प्रकाशन गर्ने टाइमलाइन छ ।’ 


    पार्टी सदस्यहरुबाट गरिने प्रारम्भिक मतदान कार्यक्रम पुस १२ र १३ गते दुवै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने आचार्यले जानकारी दिए । 
    उम्मेदवार छनोटलाई पारदर्शी बनाउन टाइमलाइन र विभिन्न विधि  बनाइएको  आचार्यको दावी छ । रास्वपाले पहिलोपटक रुपन्देही ३ को उपचुनावमा यो विधि अपनाएको थियो । यद्यपि उक्त विधिमा कतिपय उम्मेदवारले पारदर्शितामाथि प्रश्न उठाउंदै असन्तुष्टी जनाएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij