२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवा कारागार आएर छुटे रवि,समर्थकमा खुशियाली

भैरहवा कारागार आएर छुटे रवि,समर्थकमा खुशियाली

भैरहवा कारागार आएर छुटे रवि,समर्थकमा खुशियाली

भैरहवा कारागार आएर छुटे रवि,समर्थकमा खुशियाली

भैरहवा कारागार आएर छुटे रवि,समर्थकमा खुशियाली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • बुटवल । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेश अनुसार कागजी प्रकृया पूरा गरेर रास्वपाका सभापति रवि लामिछाने आज सांझ भैरहवास्थित जिल्ला कारगारबाट छुटेका छन् ।

     काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएर त्यहांबाट सडकमार्गबाट सांझ पौने ६ बजे भैरहवा कारागार आइपुगेका थिए ।  

    लामिछाने भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले उनको पक्षमा हुटिङ गर्दै खुशियाली मनाएका छन् । 

    रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतको कागज गरेर छाडेको बताए । 

    बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छोड्न आदेश दिएको थियो ।बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij