परासी ।उर्जा जलस्रोत तथा सिचाई भौतिक पूर्वाधार यातायात एव शहरी बिकास मन्त्री कुलमान घिसिङ्खले नारायणगढ बुटवाल सडकखण्ड समयमा निमार्ण सम्पन्न गर्न निर्देशन दिएको बताएका छन ।
आज परासीमा नवलपरासी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै नारायणगढ बुटवाल सडकखण्ड समयमा निमार्ण ढिलाईले जनताले पाएको सास्ती पाएकोले निमार्ण सम्पन्न गर्न ठेकदार कम्पनी निर्देशन दिएको बताएका हुन ।
हुलाकी सडक र खाजुरा खोलामा रहेको निमार्णधिन पुलको अनुगमन गरी छिटो सम्पन्न गर्न निर्देशन दिएको बताए । उनले नवलपरासीमा औद्योगिक क्षेत्रको बिस्तारसगै बिद्युतिय आपूर्तिमा समस्या नहुने बताउदै गण्डक पावर हाउस र ४२० केभी न्यु सबस्टेशन तथा भैरहवा सडक खण्ड हकुइृमा १३२ केभी काम भैरहेको र संचालनसगै भारतीय बजारमा आयत निर्यात गर्न सहज हुने बताए ।
नवलपरासी औद्योगिक हब भन्दै गएकोले बिद्युत आपूर्तिको कमी नहुने बताए । नवलपरासीमा देखिएको सिचाईको समस्या र किसानको समस्यालाई सामाधान गर्न पहल गर्ने बताउदै सरकारले यस किसीमको समस्या प्रथामिकता राखेको बताए ।
घिसिङ्खले झापामा भ्यू टावर बनाउने भन्दा किसानहरु समस्या सामाधान तर्फ लागेको भए आज यो दिन देख्न नपरेको हुन्थ्यो भने । उनले भने हामी दुई महिनाको मात्र मन्त्री भएको र देशको बिकासका लागि पाँच लागि राम्रो मान्छे चुनु मत माग्दै भन्दै २१गते हुने चुनाव देश बिकास र जेनीजको माग पुरा गर्न उज्यालो पार्टीलाई बहुमत दिलाउन बताए ।
यसअघि सुस्ता झोलुड पुल कहवा क्षेत्रमा निमार्णधिन पुल र रामग्राम स्तुप दाउन्ने सडक खण्डको निरीक्षण घिसिङ्खले गरेका थिए ।
कार्यक्रममा नवलपरासीका उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,नेपाल उद्योग बाणिज्य महासंघ लुम्निबी प्रदेशका पूर्व अध्यक्ष गुणनिधी तिवारी लुम्बिनी प्रदेश सासद बैजनाथ कलवार,रामग्राम नगरपालिकाका मेयर धनपत यादव,जिल्ला समन्वय समितीका प्रमुख भगौती यादव,नवलपरासी उद्योग बाणिज्य संघकी महासचिव तारा आर्चाय लगायतले जिल्लाको समस्याको बारेमा मन्त्रीलाई अवगत गराएका थिए।




