२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गिरफ्तारको केही बेरमै ‘जेनजी’ छाड्यो प्रहरीले

गिरफ्तारको केही बेरमै ‘जेनजी’ छाड्यो प्रहरीले

गिरफ्तारको केही बेरमै ‘जेनजी’ छाड्यो प्रहरीले

गिरफ्तारको केही बेरमै ‘जेनजी’ छाड्यो प्रहरीले

गिरफ्तारको केही बेरमै ‘जेनजी’ छाड्यो प्रहरीले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार (पुस ७) प्रदर्शनका क्रममा गिरफ्तार गरिएका ‘जेनजी’लाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका उनीहरूलाई केही बेरमै छाडिएको हो ।

    परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले गिरफ्तारको केही बेरमै रिहा गरिएको जानकारी दिए । “बाटोमा उहाँहरूले केही बेर अवरोध गर्नुभएको थियो । सोही क्रममा केही साथीहरूलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएको केही बेरमै छोडिसक्यौँ,” एसपी भट्टराईले बाह्रखरीसित भने ।

    सर्वपक्षीय सरकार गठनको माग राख्दै आन्दोलनको घोषणा गरेका जेनजीलाई जिल्ला प्रशासन कार्यालयले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीले जनाएको छ ।

    केही जेनजीलाई गिरफ्तार गरिएपछि रिहाइका निम्ति भन्दै आन्दोलनका संयोजक मिराज ढुंगानासहितको टोली परिसर प्रवेश गर्न खोज्दा प्रहरीले ब्यारिकेट लगाएर रोकेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij