२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलमा वर्डक्याम्प नेपाल २०२६ आयोजना हुने, मिति सार्वजनिक

बुटवलमा वर्डक्याम्प नेपाल २०२६ आयोजना हुने, मिति सार्वजनिक

बुटवलमा वर्डक्याम्प नेपाल २०२६ आयोजना हुने, मिति सार्वजनिक

बुटवलमा वर्डक्याम्प नेपाल २०२६ आयोजना हुने, मिति सार्वजनिक

बुटवलमा वर्डक्याम्प नेपाल २०२६ आयोजना हुने, मिति सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • बुटवल । नेपालको डिजिटल प्रविधि क्षेत्रमा महत्त्वपूर्ण मानिने अन्तर्राष्ट्रिय सम्मेलन वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलमा आयोजना हुने भएको छ। आयोजक समितिले सम्मेलनको मिति औपचारिक रूपमा सार्वजनिक गर्दै तयारी तीव्र बनाएको जनाएको छ।

    विश्वभरका वर्डप्रेस प्रयोगकर्ता, विकासकर्ता, डिजाइनर, सामग्री सिर्जनाकर्ता, डिजिटल मार्केटर तथा उद्यमीहरूलाई लक्षित गर्दै आयोजना हुने यस सम्मेलनले खुला स्रोत प्रविधि, ज्ञान आदान–प्रदान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने आयोजकहरूको विश्वास छ। वर्डप्रेस हाल विश्वका ४३ प्रतिशतभन्दा बढी वेबसाइटहरू सञ्चालनमा प्रयोग भइरहेको प्रणाली हो।

    आयोजक समितिका अनुसार वर्डक्याम्प नेपाल २०२६ मा उन्नत वर्डप्रेस विकास, डिजाइन तथा प्रयोगकर्ता अनुभव, व्यवसायिक रणनीति, ई–कमर्स, एसईओ, डेटा एनालिटिक्स तथा खुला स्रोत परियोजनामा योगदानसम्बन्धी सत्र तथा कार्यशालाहरू सञ्चालन हुनेछन्। सम्मेलनमा औपचारिक सत्रसँगै अनौपचारिक नेटवर्किङका अवसर पनि रहने जनाइएको छ।

    सम्मेलनका वक्ताहरू, विस्तृत कार्यतालिका, टिकट बिक्री तथा प्रारम्भिक छुट (Early Bird Pricing) सम्बन्धी विवरण क्रमशः सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ। सीमित संख्यामा टिकट उपलब्ध हुने भएकाले इच्छुक सहभागीहरूलाई समयमै दर्ता गर्न आग्रह गरिएको छ।

    वर्डक्याम्प नेपाल २०२६ लाई सफल बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रायोजन गर्ने भएका छन्। यसपटकका प्रमुख प्रायोजकहरूमा ब्लूहोस्ट, डियरफ्लिप, Hosting.com, Jetpack, Kinsta र WooCommerce रहेका छन्। साथै नेपथ्य कलेज शैक्षिक साझेदारका रूपमा जोडिएको छ भने जेनेसिस वेब टेक्नोलोजी सिल्भर प्रायोजक, ब्रडवे इन्फोसिस तालिम साझेदार र वेब एक्सपर्ट्स नेपाल बिफोर पार्टी प्रायोजकका रूपमा रहेका छन्।

    आयोजक समितिका एक पदाधिकारीले भने, “हाम्रा प्रायोजकहरूको सहयोग बिना वर्डक्याम्प नेपाललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सम्भव हुँदैन। उनीहरूको समर्थनले नेपाललाई विश्वव्यापी वर्डप्रेस समुदायसँग अझ नजिक ल्याउन मद्दत गरेको छ।”

    आयोजकका अनुसार इच्छुक संस्था तथा कम्पनीहरूले गोल्ड, सिल्भर, ब्रोन्ज तथा माइक्रो प्रायोजनमार्फत कार्यक्रममा संलग्न हुन सक्नेछन्। सबै प्रायोजकहरूका लागि १०० प्रतिशत जीपीएल (GPL) अनुपालन अनिवार्य गरिएको छ।

    वर्डक्याम्प नेपाल वर्डप्रेस समुदायले आयोजना गर्ने वार्षिक सम्मेलन हो, जसले नेपाल र अन्तर्राष्ट्रिय डिजिटल समुदायबीच सहकार्य, सिकाइ र नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको छ। बुटवलमा आयोजना हुन लागेको वर्डक्याम्प नेपाल २०२६ ले नेपालको डिजिटल इकोसिस्टमलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij