२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सातै प्रदेशका जेन जी अगुवासंग बालेनको भेटवार्ता, सबै वैकल्पिक शक्तिहरु एउटै दल र चिन्हबाट चुनावमा जान सुझाव

सातै प्रदेशका जेन जी अगुवासंग बालेनको भेटवार्ता, सबै वैकल्पिक शक्तिहरु एउटै दल र चिन्हबाट चुनावमा जान सुझाव

सबै वैकल्पिक शक्ति एक ठाउंमा उभिनेमा एकमत भएको द काउन्सील अफ जेन जी लुम्बिनीका संयोजक आदित्य आचार्यले बताए ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  •  

    बुटवल । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले जेनजीका प्रतिनिधिहरूसँग कुराकानी गरेका छन्।
    बिहीबार अपराह्न बालेनले ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा सुदन गुरुङ नेतृत्वको सातै प्रदेशका जेन जी अगुवासंग बालेनको करिब आधा घण्टा कुराकानी भएको द काउन्सील अफ जेन जी लुम्बिनीका संयोजक आदित्य आचार्यले बताए । 
    भेटको क्रममा बालेनले आफूहरूसँग राजनीतिको नयाँ अध्याय सुरू गरेको आचार्यले बताए ।

    ‘भेटवार्तामा हामीले सबै वैकल्पिक शक्ति एक हुनुपर्छ, यसको विकल्प छैन भन्ने सुझाव दिएका छौं’–आचार्यले भने–‘अरु सबै वैकल्पिक शक्ति एक ठाउंमा आउने करिब निश्चित भएको छ, रास्वपासंग सहमति गर्ने विषय २० प्रतिशतबाट ४० प्रतिशतमा पुगेको छ।’
    मेयर बालेनले पनि जेनजीहरू सबै मिलेर एकजुट हुन आग्रह गरेको आचार्यले जानकारी दिए । छलफलमा जेन जी अगुवाहरुले सबै वैकल्पिक शक्तिहरु एउटै दल र चुनाव चिन्हबाट चुनावमा जांदा मात्रेै वहुमत आउने भन्दै बोलनलाई मिलाएर जान सुझाव दिएको आचार्यले बताए । 
    नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पनि मिलेर जान बालेनलाई आग्रह गरेकी थिइन् । जेन फोर्सका संयोजक रोहनराज दंगालले रवि लामिछाने र कुलमान घिसिङसँगै मिलेर जाने तयारी रहेको भनेर बालेनले ब्रिफिङ गरेको बताए । 
    जेनजी समूहमा २५ वर्ष पूरा भएकाहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने पनि बालेनले बताएका छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij