२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बालेन–रवि वार्ता : आन्तरिक गृहकार्यमा जुट्यो दुवैतर्फको वार्ता टोली

बालेन–रवि वार्ता : आन्तरिक गृहकार्यमा जुट्यो दुवैतर्फको वार्ता टोली

बालेन–रवि वार्ता : आन्तरिक गृहकार्यमा जुट्यो दुवैतर्फको वार्ता टोली

बालेन–रवि वार्ता : आन्तरिक गृहकार्यमा जुट्यो दुवैतर्फको वार्ता टोली

बालेन–रवि वार्ता : आन्तरिक गृहकार्यमा जुट्यो दुवैतर्फको वार्ता टोली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को वार्ता टोली वार्ता र सहमतिका लागि आन्तरिक छलफलमा जुटेको छ । 

    सहमतिका लागि दुवै पक्ष आन्तरिक गृहकार्यमा जुटेपछि आजै भेटवार्ता हुने सम्भावना न्यून रहेको रविनिकट स्रोतले जानकारी दिएको छ । 

    “बिहीबार साँझ नै त्रिपक्षीय भेटवार्ता हुने तय भएको थियो । तर, सहमतिको खाका र आन्तरिक तयारी पूरा नभएकाले वार्ता टरेको हो,” रविनिकट स्रोतले भन्यो, “अब आज दिनभर आन्तरिक गृहकार्य सकाएर सम्भवतः आजै, नभए भोलि वार्ता हुन्छ ।”  

    बालेनले बिहीबार प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको घरमा बिहान ७ बजेदेखि नै उर्जामन्त्री कुलमान घिसिङ, रवि लामिछाने, सुनील शर्मा, डा. बाबुराम भट्टराई, खगेन्द्र सुनार, अमरेशकुमार सिंह, सागर ढकाल, जेनजी रक्षा बम, सुधन गुरुङ, पुरुषोत्तम यादवलगायतले भेटेवार्ता गरेका थिए । 

    रास्वपा नेता शिशिर खनालले यसअघि भएका चरणवद्ध वार्ताहरू सकारात्मक रहेकाले बालेनसँग थप वार्ता हुने बताए । “अहिलेसम्म जुन–जुन चरणमा वार्ता भए । सबै सकारात्मक छन् । अझै थप भेटवार्ता र सहमति हुन्छ,” उनले भने । 

    रास्वपाले रविमुनि बालेनको बरीयता र भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढाउने प्रस्ताव गरेको बालेननिकट स्रोतले दाबी गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij