काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्ड्याले श्रीमतीसँग डिभोर्स गरेका छन् । उनले सामाजिक सञ्जालबाट आफूहरू अलग भएको पुष्टि गरेका हुन् ।
केही समयदेखि हार्दिक र उनकी पत्नी नतासा स्टान्कोभिक बीच डिभोर्सको हल्ला चलेको थियो । तर दुवैले यस विषयमा मुख खोलेका थिएनन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफूहरू दुवैको हितका खातिर अलग भएको बताएका छन् ।
ञहामी दुवैले सम्बन्ध जोगाउन निकै कोशिष गर्याैं तर सकेनौंंझ विज्ञप्तिमा भनिएको छ, ञअन्तत अलग हुनु नै दुवैको हितमा छ भन्ने निर्णयमा पुगेका छौं । झ
हार्दिक र नताशाको चार वर्षअघि विहे भएको थियो । उनीहरूको तीन वर्षको एक छोरा अगस्त्य छन् । छोरालाई दुवै मिलेर हुर्काउने विज्ञप्तिमा जनाइएको छ ।




