२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रास्वपाको आन्तरिक निर्वाचनमा प्रश्न: धेरै मत पाएर पनि समानुपातिक सूचीमा किन पछाडी ?

रास्वपाको आन्तरिक निर्वाचनमा प्रश्न: धेरै मत पाएर पनि समानुपातिक सूचीमा किन पछाडी ?

रास्वपाको आन्तरिक निर्वाचनमा प्रश्न: धेरै मत पाएर पनि समानुपातिक सूचीमा किन पछाडी ?

रास्वपाको आन्तरिक निर्वाचनमा प्रश्न: धेरै मत पाएर पनि समानुपातिक सूचीमा किन पछाडी ?

रास्वपाको आन्तरिक निर्वाचनमा प्रश्न: धेरै मत पाएर पनि समानुपातिक सूचीमा किन पछाडी ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि गएराती मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८ जना र रास्वपाका ५२ जना रहेका छन् ।

    रास्वपाले समानुपातिक उम्मेदवार तय गर्न अन्तरिम प्राइमेरी निर्वाचन नै गरेको थियो । नेपालमा अन्य कुनै दलले यस्तो प्रकृया नगरेपनि रास्वपाले आन्तरिक उम्मेदवार छनौटका विभिन्न प्रक्रिया तय गरेर अन्तमा निर्वाचन गरेको थियो । तर समानुपतिको सुची हेर्दा यस निर्वाचनको औचित्यमा प्रश्न उठेको छ ।

    आन्तरिक निर्वाचनमा लोकप्रिय मत पाएका उम्मेदवारनै रास्वपाको समानुपातिक सुचिमा पछाडी राखिएपछि यस प्रक्रियाको औचित्यमा प्रश्न उठेको हो ।

    आन्तरिक निर्वाचनमा सबै भन्दा बढी  १८ हजार २२३ मत प्राप्त गरेका रमेश प्रसाई खस–आर्य पुरूषको सूचीमा पाँचौं नम्बरमा राखिएको छ । पार्टीले प्राप्त गर्ने कुल मतको आधारमा विभिन्न क्लस्टर अनुसार निर्वाचित हुने हुनाले समानुपातिकमा कुन स्थानमा नाम छ भन्नेमा निर्वाचित हुने या नहुने अवस्था बन्ने गर्दछ । त्यस्तै अर्को उदाहरणको रुपमा खसआर्यको महिलातर्फ धेरै मत प्राप्त गरेकी रञ्जु दर्शना दशौँ नम्बरमा राखिएको छ ।

    यतिमात्र होइन दलिततर्फ सबैभन्दा बढी मत प्राप्त गरेका विजय जैरु समानुपातिकको सूचीमा नै पर्न असफल भएका छन् ।

    सुची बुझाउने अन्तिम समयमा बालेन शाह र कुलमान घिसिङसँग भएको सहमतिका कारण रास्वपाले आफ्नो योजना अनुसारको सुची बनाउन नसकेको बुझ्न सकिन्छ तर आफ्ना सदस्यहरुको मतको सम्मान गर्दै धेरै मत प्राप्त गरेका उम्मेदवारको नाम शिर्ष स्थानमा नराख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij