२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरूसमेत तयारीमा लागिसके’

‘निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरूसमेत तयारीमा लागिसके’

‘निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरूसमेत तयारीमा लागिसके’

‘निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरूसमेत तयारीमा लागिसके’

‘निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरूसमेत तयारीमा लागिसके’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक सुरक्षा गोष्ठी आयोजना भएको छ । 

    गृहमन्त्री  ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने भन्दै यसको तयारी सुरु भइसकेको बताए । 

    उनले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ ।”

    उनले निर्वाचनलाई भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै दलहरूसमेत तयारीमा लागिसकेको बताए ।

    PSF
    गृहमन्त्रीसँगै मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखहरू गोष्ठीमा सहभागी छन्  । 

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति छ ।

    गोष्ठीका क्रममा प्रदेशभित्रका सुरक्षा प्रमुखहरूले आआफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता र निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।

    भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउने विषयमा मुख्य रूपमा छलफल हुनेछ । मंगलबार विराटनगर आएका गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको आवरणमा आगजनी गरिएको मोरङ जिल्ला प्रशासन कार्यालय र विराटनगरस्थित आईसीपीको दिउँसो स्थलगत निरीक्षण गरेका छन् ।

    त्यसैगरी उनी सुनसरीको चतराधाम पनि पुगेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij