२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि

अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि

अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि

अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि

अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही लुम्बिनीको आयोजनामा विद्युतीय सवारी (ईभि) मर्मतसम्भार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको सहकार्य तथा भिजि मोटर्सको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो।

    बुटवल उप–महानगरपालिका–२, अजिरसिंह नगर (मैनाबगर) स्थित विश्वकर्मा बाबा प्रशिक्षण हलमा आयोजना गरिएको तालिमको उद्घाटन महासंघका केन्द्रीय उपाध्यक्ष ज्योति भण्डारीले गरेका थिए ।

    605458472_1168183751963670_2356986343877187937_n.jpg

    उनले बढ्दो विद्युतीय सवारी प्रयोगसँगै ईभि मर्मतसम्भारमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको सन्दर्भमा अटो मेकानिक्स तथा सम्बन्धित प्राविधिकहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले तालिमले व्यवहारिक ज्ञान सिक्न पाउँदा ग्यारेजमा ईभि आउँदा ग्राहक फर्काउने बातावरण अन्त्य हुने दाबी गरे ।

    बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले अटो मेकानिक्स्को क्षमता बिस्तार र संस्थागत विकासमा निरन्तर संस्था लागिरहेको बताए ।

    606206406_2591077814609364_4484531525849921348_n.jpg

    सो अवसरमा संस्थाका उद्योग उपाध्यक्ष ध्रुवराज भुसाल, बाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, महासचिव पूनित पोखरेल लगायतले बोलेका थिए ।

    भिजि मोटर्सका सम्राट न्यौपानेले ईभि सवारीको संरचना, मर्मत प्रविधि, सुरक्षा सावधानी, तथा आधुनिक प्रविधिसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरेका थिए ।

    बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको एकदिने तालिममा मैनाबगरका अटो व्यवसायी तथा मजदुरका साथै कोरियन नेपाल प्राविधिक बहु शिक्षालय तथा पश्चिम पृतना गढका प्राविधिकहरु गरि ६० जना सहभागि रहेको कार्यालय प्रमुख हिमाल खनालले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij