बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको आगामी चौबिसौं बैठक साउन ६ गते आइतबार दिनको १ः०० बजे बस्ने भएको छ ।
प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले आज एक सुचना जारी गरी सभामुखकाे निर्देशानुसार प्रदेश सभाको चौथो अधिवेशनको आगामी चौबिसौं बैठक साउन ६ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको जनाएका हुन् ।
यसअघि असार २३ गते आइतबार दिनको १ बजे बस्ने गरि तय भएको चाैथाे अधिवेशनकाे २४ औं बैठक बिशेश कारण जनाउँदै सुचना टासेर स्थगित गरिएको थियो ।





