२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेकपा अर्घाखाँचीद्वारा प्रतिनिधिसभाका लागि बञ्जाडे, बिसि सहित ८ जना सिफारिस

नेकपा अर्घाखाँचीद्वारा प्रतिनिधिसभाका लागि बञ्जाडे, बिसि सहित ८ जना सिफारिस

नेकपा अर्घाखाँचीद्वारा प्रतिनिधिसभाका लागि बञ्जाडे, बिसि सहित ८ जना सिफारिस

नेकपा अर्घाखाँचीद्वारा प्रतिनिधिसभाका लागि बञ्जाडे, बिसि सहित ८ जना सिफारिस

नेकपा अर्घाखाँचीद्वारा प्रतिनिधिसभाका लागि बञ्जाडे, बिसि सहित ८ जना सिफारिस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ।

    पार्टीको जिल्ला समन्वय समिति अर्घाखाँचीको बैठकले केन्द्रमा पठाएको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्यका लागि ८ जनाको नाम प्रस्ताव गरिएको छ। सिफारिस हुनेहरूमा पूर्व युवा नेता तथा जनप्रतिनिधि, महिला तथा विभिन्न समुदायका नेताहरू समेटिएका छन्।

    यसैगरी, समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि पनि ४ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिक सूचीमा दलित, महिला र मुस्लिम समुदायका प्रतिनिधिहरूलाई प्राथमिकता दिइएको देखिन्छ।

    प्रतिनिधिसभा प्रत्यक्षतर्फ पुर्व राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, पर्यटन व्यवसायी शोभाखर बञ्जाडे, तत्कालिन नेकपा एस अर्घाखाँची अध्यक्ष राम बहादुर चौहान, युवा नेता गिरिजा खड्का, ठाकुर सौराग, निर्मला पोखरेल, बिष्णु गैरे  र मोहन गौतम सिफारिस गरिएको छ।

    समानुपातिकतर्फ ठाकुर कुमार बिक, पताम्बर सारु, सुनिता भुसाल बेल्बासे र हसरुद्दिन मियाँको नाम सिफारिस गरिएको छ।  
    पुर्व राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्कालाइ सम्मान स्वरुप सम्मान गरिएको नेकपाका नेताहरुले बताएका छन् । 

    पर्यटन व्यवसायी शोभाखर बञ्जाडेले आफ्नो माहोल बनाउँदै गएका छन् । उनी नेपाल पर्यटन ब्यवसायी संगठन को केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज हुन् । उनी होटलीयन एशोसियसनका लुम्बिनी प्रदेश सदस्य समेत हुन् ।

    रुपन्देहीमा रहेर पर्यटन व्यवसाय गर्दै आएका उनले अर्घाखाँची स्थीत आफ्‌नो घर मालारानी १ सुन्दरपोखरामा कृषि क्रान्ती समेत गर्दै आएका छन् । उनले मौसमी फलफुलका साथै किवि ड्रागन फ्रुट लगायतका फलफुल समेत उत्पादन गरि स्थानीय तथा राष्ट्रिय बजारमा बिक्रि बितरण गर्दै आएका छन् । 

    उनी यसअघि माओबादीबाट लुम्बिनी प्रदेशसभा सदस्यमा सिफारिस भएपनि पार्टिले गठबन्धन गर्दा उनी चुनाव लड्न पाएका थिएनन् । युवाको सोच अनुसार केही गर्नुपर्छ भन्ने मान्यतामा रहेर आफुलाई अगाडी बढाईरहेको उनले दाबी गरे ।

    यता तत्कालिन नेकपा एसका जिल्ला अध्यक्ष राम बहादुर चौहानले पनि आफ्‌नो राम्रो संभावना रहेको बताउँछन् । तत्कालिन नेकपा एमालेबाट बिभाजन हुँदा पनि सबै क्षेत्रमा कमिटि बनाएर बिस्तार गरेको बताउँदै यो पटकको निर्वाचनलाई अवसरको रुपमा लिएको बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij