२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१

  • काठमाडौँ । भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ ।

    मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन् । इन्स्टाग्राम रिल बनाउनेक्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन् । २७ बर्षिय अन्वी कामदार  सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन् । चार्टड एकाउन्टेन्ट समेत रहेकी अन्वी ट्राभलर ब्लगर समेत रहेको बताइएको छ ।

    कुम्भे झरनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्वी जुलाई १६ मा आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन् ।

    प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ । घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि  निकालिएको र तुरुन्त अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij