२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रिय सभाका लागि लुम्बिनीबाट कांग्रेस-एमाले उम्मेदवारको मनोनयन दर्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-एमाले गठबन्धनका ३ जनाले उमेदवारी दर्ता गराएका छन् ।

    तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका वासुदेव जंगली र चन्द्र केसीले मनोनयन दर्ता गरेका हुन् । झाँक्री महिला क्लस्टरबाट, जंगली अपाङ्‍गता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट मनोनयन दर्ता गराएका छन् ।

    झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र समर्थकमा उपप्रमुख हुमाकुमारी डिसी रहेका छन् । जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी छन् ।

    केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत छन् ।

    लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता क्लस्टर गरी तीन जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपाङ्गता)को ठाउँमा नयाँ सदस्य आउनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij