एमालेको एघारौँ महाधिवेशनपछि केन्द्रीय कमिटीको दोस्रो बैठक शनिवार काठमाडौँमा शुरू भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले राष्ट्रिय— अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आफ्नो धारणा राखेका छन् ।
१. एघारौँ राष्ट्रिय महाधिवेशनको सङ्क्षिप्त समीक्षा र मुख्य सन्देश
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन गतस् मङ्सिर २७– पुस ३ सम्म भव्य रुपमा सम्पन्न भएको छ । सामान्यतया कुनै पनि राष्ट्रिय महाधिवेशनरराष्ट्रिय सम्मेलन सम्बन्धित पार्टीको आन्तरिक विषय हो । त्यो सम्बन्धित पार्टीको विधान अनुरुप पार्टीको निरन्तरता र गतिशीलताका लागि नेतृत्व हस्तान्तरण र ताजगीका लागि सम्पन्न हुने एउटा नियमित प्रक्रिया हो । तर जस्तो समय र सन्दर्भमा महाधिवेशन आयोजना गरिएको थियो र जुन भव्यता एवं सन्देशसहित सम्पन्न भयो, त्यस दृष्टिले यो महाधिवेशन नेकपा ९एमाले० को आन्तरिक विषय मात्र रहेन । यसले समग्र राष्ट्रिय राजनीतिलाई नै सकारात्मक रुपले प्रभावित गरेको छ ।
भदौ २३ र २४ गतेका त्रासदीपूर्ण घटनापछि मुलुक असामान्य अवस्थामा धकेलिएको थियो । भदौ २३ गते नवयुवाहरुका सामान्य माग र शान्तिपूर्ण प्रदर्शनभित्र घुशपैठ गरेर त्यसलाई जसरी योजनाबद्ध रुपमा हिंसात्मक मुठभेडमा रुपान्तरित गरियो र १९ जना युवाहरुको ज्यान जाने दुस्खान्तमा बदलियो, त्यो अकल्पनीय थियो । त्यही घटनालाई बाहना बनाएर भोलिपल्ट मुलुकलाई जसरी खरानीको थुप्रोमा बदल्ने आपराधिक काम भयो, यो नेपालको इतिहासकै सर्वाधिक त्रासद घटना थियो । त्यस दिन एकैसाथ कार्यकारी, विधायिकी र न्यायिक संरचना ध्वस्त पारिए । गणतन्त्रको प्रतीक राष्ट्रपति भवनदेखि जनताको आँगनको सरकार वडा कार्यालयसम्म, सयौँ सुरक्षा पोष्टदेखि मिडिया हाउससम्म, लोकतन्त्रका आधारस्तम्भ –दलका कार्यालयदेखि अग्रज र शहीदका स्मारकहरुसम्म, अर्थतन्त्रका मेरुदण्ड– व्यवसायिक प्रतिष्ठानदेखि व्यक्तिका निजी सम्पत्तिसम्मको त्यो दहन, विध्वंश र लुट कुनै आक्रोशको परिणति थिएन । यो कुनै स्वतस्स्फूर्त रुपमा घटित घटना पनि थिएन । त्यो त लोकतन्त्र समाप्त पार्ने, संविधान असफल बनाउने, राष्ट्रलाई दशकौँ पछाडि धकेल्ने र क्रमशस् भूराजनीतिक भुँवरीमा फँसाउदै नेपाललाई असफल राष्ट्रमा बदल्ने नियोजित षडयन्त्रको एउटा अङ्ग थियो । भदौ २३ र २४ का घटनाका सन्दर्भमा हामीले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दशौँ बैठक ९ असोज २९–३१० र राष्ट्रिय महाधिवेशनबाट पारित प्रस्ताव मार्फत् समग्र दृष्टिकोण सार्वजनिक गरिसकेका छौँ ।
समयक्रममा त्यस विध्वंश पछाडिका पात्र, समूह र शक्तिहरुको मुखुण्डो पनि क्रमशस् खुल्दै गएको छ । हामीले त्यस क्रममा ज्यान गुमाउने नवयुवाहरु तथा कत्र्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने सुरक्षाकर्मीहरुप्रति श्रद्धासुमन अर्पण गरेका छौँ, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छौँ र उपयुक्त समयमा समग्र परिस्थितिको स्वतन्त्र अध्ययन अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्ने सङ्कल्प गरिसकेका छौँ ।
त्यसपछि लोकतान्त्रिक दलहरु विरुद्ध फैलाइएको नियोजित घृणा, निषेधको व्यवहार, तीव्र आक्रमण र हिंंसाका हामी साक्षी छौँ । विध्वंशलाई ‘विद्रोह’ र ‘आन्दोलन’ का नाममा महिमामण्डित गर्दै स्थापित दल, तिनको नेतृत्व र लोकतान्त्रिक प्रणालीमाथि झुठा आरोप, धम्की र योजनाबद्ध प्रहारको शृङ्खला कसरी चलाइयो भन्ने कुरा हामीले देखे–भोगेका छौँ । जनादेशप्राप्त सरकारलाई विस्थापन गरेर एवं जनताका प्रतिनिधिहरुको सर्वोच्च निकाय प्रतिनिधिसभालाई विघटन गरेर रिक्तता सिर्जना गर्दै कसरी अनिर्वाचित, अराजक र शङ्कास्पद पात्रहरुले कानुन हातमा लिने दुष्प्रयास गरे भन्ने पनि हामीले नजिकबाट अनुभव र्गयौँ । । समाजलाई एकातिर युवाहरु र अर्कातिर बृद्ध उमेर समूहका बिचमा विभाजित गर्ने चेष्टा भयो । राजनीतिलाई कुनै विचारधारा, दर्शन या मुद्दाका आधारमा होइन, नयाँ र पुरानाको हानीकारक कित्ताकाटतिर उन्मुख गराइयो । लोकतान्त्रिक प्रणालीले काम गरेन, ‘पुराना’ पार्टीहरु असफल भए, राजनीतिक विचारधाराहरु असान्दर्भिक भए र पुराना नेताहरु समाजको वाधक भए भन्ने नकारात्मक भाष्य निर्माण गरियो । नवयुवाहरुको प्रदर्शन र त्यसलाई अपहरण गरेर गरिएको विध्वंशलाई छुट्याएर हेर्ने र कथित ‘कलर रिभोल्युसन’ पछिको समग्र अन्तरवस्तु, उद्देश्य र नियतलाई गहिराइसाथ बुझ्न दलहरुमा पनि समस्या देखियो । घटना केन्द्रित विश्लेषण र व्यक्ति केन्द्रित बहसले यति गहिरो षडयन्त्रलाई बुझ्न केही समय अलमल सिर्जना र्गयो । नेकपा एमालेका सामुसमेत आफू दलहरुका सामु सम्हालिने, अगाडि बढ्ने, नयाँ जोखिमको सामना गर्ने र मुलुकको राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने चुनौती थपिएको अवस्था थियो ।
यसै पृष्ठभूमिमा सम्पन्न नेकपा ९एमाले० को ११ आँै राष्ट्रिय महाधिवेशनको विशेष र राष्ट्रिय महत्व छ । भदौ २३–२४ को घटनामा सर्वाधिक क्षति व्यहोरेको पार्टी नेकपा ९एमाले० नै थियो, जसले सरकारको नेतृत्व गुमाएको मात्रै थिएन, सत्ताबाटै विस्थापित हुनुपरेको थियो । जसका केन्द्रीय कार्यालय सहित ६४ भन्दा बढी पार्टी कार्यालयहरु ध्वस्त भएका थिए । जसका झण्डै २ सय नेता कार्यकर्ताको घर दहन र लुटपाट भएका थिए । जसले अराजक जत्थाहरुबाट सबैभन्दा धेरै धम्की र निषेधको सामना गर्नुपरेको थियो । यति ठुलो धक्का व्यहोरेको पार्टी ३ महिनाको छोटो अन्तरालमै सम्हालिनु, पुनस् उठ्नु, आधारभूत तहसम्मै चलायमान हुनु, लोकतन्त्रको रक्षाका लागि सबै वडा, पालिका र जिल्ला–जिल्लाबाट प्रदर्शनमा उत्रिनु सामान्य विषय थिएन । अझ पार्टीले त्यति छोटो तयारीमा त्यति भव्यतासाथ महाधिवेशन सम्पन्न गर्न सफल हुनु चानचुने विषय होइन । यसले नेकपा ९एमाले० को जनाधार कति सुदृढ छ, कार्यकर्ताहरुको मनोबल कति उच्च छ र पार्टीको प्रतिरोधी क्षमता, च्भकष्ष्भिलअथ ९रिजिलियन्सी० र जुझारुपन कति सशक्त छ भन्ने कुरालाई दर्शाउँछ । महाधिवेशनको पहिलो सन्देश भनेको हाम्रो पार्टी जस्ता सुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्न र जस्ता सुकै जोखिमसँग पनि जुझ्न सक्षम छ भन्ने हो ।
नेकपा एमालेको यस महाधिवेशनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक शक्तिहरुलाई पनि ठुलो भरोसा र आत्मबल दिएको छ । प्रतिगमनको चक्कामा ब्रेक लगाएको छ र देशद्रोही र अराजकहरुको मनोबल खस्काइदिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा भक्तपुरको सल्लाघारीमा उपस्थित लाखौँ जनताले नेकपा ९एमाले० लाई मात्रै समर्थन गरेनन्, उनीहरुले लोकतन्त्रका रक्षाकवचका रुपमा पनि आफूलाई उभ्याए । भदौ अन्तिम साताको घटनापछि पुराना दल सिद्धिए भन्ने भ्रमलाई खण्डन गर्दै महाधिवेशनले लोकतन्त्र अजेय छ भन्ने स्पष्ट सन्देश दिन सफल भयो । यसले नेकपा ९एमाले० लोकतन्त्रका लागि अग्रपङ्क्तिमा उभिएर लड्ने शक्ति मात्र होइन, यसको रक्षाको बलियो स्तम्भ पनि हो भन्ने दूरगामी सन्देश दिएको छ । लोकतन्त्रको अग्रणि शक्तिका रुपमा नेकपा ९एमाले० को पुनर्पुष्टि महाधिवेशनको अर्को ऐतिहासिक सन्देश हो ।
नेकपा ९एमाले०ले लिएको राष्ट्रिय दृष्टिकोण, व्यवहार र अडान नै नेपालीको दृष्टिकोण, व्यवहार र अडान हो । यसैकारण एमालेले अनेकौं खतरनाक प्रहारहरु सहनु परेको छ र त्यसका बाबजुद राष्ट्रियता र राष्ट्रिय हितप्रति नेकपा ९एमाले० अडिग छ र रहने छ भन्ने कुरा पनि यस महाधिवेशनले पुनस् चर्को आवाजमा स्पष्ट पारेको छ । देशलाई माया गर्ने, देशमा शान्ति चाहने, जनताको जीउधन र हक अधिकारहरु सुरक्षित होउन्, भ्रष्टाचार नियन्त्रण र अन्त्य होस्, जनताले सहज ढंगले राज्यबाट प्राप्त गर्नु पर्ने सेवा, सुविधाहरु पाउन् अर्थात् देशमा सुशासन होस् र देशलाई तीव्रतका साथ विकासको बाटोमा अघि बढाउन सकियोस् भनेर सोच्ने र त्यसका लागि आफ्ना प्रयासहरु केन्द्रित गर्ने पार्टी पनि यही हो भन्ने कुरा मैले भदौ २३–२४ का घटनाहरु पछिको आन्दोलन र एघारैँ महाधिवेशनले अझ टड्कारो ढंगले स्पष्ट पारेको छन् ।
भदौ २४ गतेपछिको अन्यौलग्रस्त परिस्थितिमा पार्टी बाहिरबाट त नेकपा ९एमाले० र यसको नेतृत्व विरुद्ध भीषण आक्रमण भयो नै, पार्टी पङ्क्ति भित्रैबाट पनि नेतृत्वको सान्दर्भिकता, वैधता र स्वीकार्यतामाथि प्रश्न खडा गरिएको थियो । पार्टीले विधानले तोकेको अवधिभन्दा एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको तात्पर्य यी प्रश्नहरुको छिनोफानो पार्टीको सर्वोच्च निकायबाट गर्नु र नेतृत्वको स्वीकार्यता एवं बैधताको पुनर्पुष्टि गर्नु पनि थियो । हामीले यो काम अत्यन्त स्वस्थ, लोकतान्त्रिक र मर्यादित प्रतिष्पर्धाका माध्यमबाट सम्पन्न र्गयौँ । लोककथामा उल्लेखित बाबुछोरा र घोडाको प्रसङ्ग जस्तै जे गरे पनि खोट मात्रै निकाल्ने छिद्रान्वेषीहरुलाई त कसरी सन्तुष्ट गर्न सकिन्छ र ? तर महाधिवेशनले नेतृत्वको प्रश्नलाई विधिसम्मत् ढङ्गले समाधान गरेको छ । पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर छ भन्ने भ्रमलाई महाधिवेशनबाट चिरिएको छ । आन्तरिक लोकतन्त्र थप सुदृढ बनाएसँगै हाम्रो पार्टीलाई मुलुकमा लोकतन्त्रलाई पुनर्स्थापित गर्न र सुदृढीकरणको अगुवाइ गर्न थप नैतिक बल प्राप्त भएको छ । यससँगै महाधिवेशन पूर्वका समूहबन्दी, केही विवाद र प्रश्नहरु विधिवत् रुपमा टुङ्गिएका छन् र पार्टीको आन्तरिक एकता सुदृढ भएको छ । महाधिवेशनले दिन खोजेको यो अर्को सशक्त सन्देश हो ।
महाधिवेशनबाट हामीले विशेष व्यवस्था गरेरै केन्द्रीय कमिटीमा नवपुस्तालाई प्रतिनिधित्व सुनिश्चित गरेका छौँ । समाजलाई उमेर समूहमा बाँडेर नयाँ कि पुरानो जस्तो गरी गरिने बहस किमार्थ उचित छैन । समाजको विकासका लागि नयाँ पुस्ताको उर्जा जति महत्वपूर्ण हुन्छ, त्यसरी नै सकृय पुरानो पुस्ताको अनुभव र परिपक्वताको पनि महत्व हुन्छ । संभावनायुक्त प्रतिभाहरुको पहिचान गर्ने, तिनीहरुलाई योजनाबद्ध ढङ्गले हुर्काउने, निरन्तर प्रशिक्षित गर्दै जाने र क्रमशः दायित्व सुम्पिदै जाने विधिबाट मात्र नयाँ नेतृत्वको विकास गर्न सकिन्छ । महाधिवेशनले नेकपा एमालेले कसरी नयाँ आवाजलाई गंभीरतापूर्वक सुन्छ, यो पार्टी नयाँ पुस्ताप्रति कति स्नेहशील छ र उनीहरुमाथि भरोसा राख्छ, एवं नयाँ नेतृत्व विकासका लागि कसरी योजनाबद्ध रुपमा क्रियाशील छ भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ । अझ गैर ‘जेन्जी’हरुले ‘जेन्जी आन्दोलन‘को अपहरण गरेको, जेन्जीका नाममा पटक–पटक परीक्षित भएका पुरानै पात्रहरुको सरकार बनेको र नयाँ भनिने समूहहरुको नेतृत्व पनि त्यस्तै थोत्रा र दूषित पात्रहरुले कब्जा गरिरहेको अवस्था बीच नेकपा ९एमाले० को भनाइबाट होइन, व्यवहारबाटै नयाँ पुस्तान्तरणको प्रक्रिया अगाडि बढाएको छ ।
कम्युनिष्ट आन्दोलनको मूल धार र मुख्य शक्तिका रुपमा नेकपा एमालेले विभिन्न धार, समूह र शक्तिहरुलाई एकत्रित गर्दै अगाडि बढेको छ । यस पार्टीको विशेषता भनेकै वैचारिक बहस, सहकार्य, एकीकरण र एउटै स्कुलिङको निर्माण हो । महाधिवेशनले नेकपाको निरन्तरताको रुपमा नेकपा ९एमाले० मा क्रियाशील रहनु भएका कमरेडहरु र घर फर्क अभियान मार्फत् पार्टीमा पुनस् जोडिनुभएका कमरेडहरुलाई जसरी सम्मानका साथ आत्मसात र्गयो, यसले पार्टीको भावनात्मक एकतालाई अझ सुदृढ गरेको छ । यसबाट पुष्टि भएको छ– नेकपा एमालेमा को कमरेड कुन पृष्ठभूमिबाट आउनु भयो भन्ने कुराले निर्णायक अर्थ राख्दैन, मुख्य कुरा उहाँको निष्ठा, क्रियाशीलता र भूमिका हो । यस बाहेक महाधिवेशनले पार्टीको नेतृत्वदायी संरचनालाई थप समावेशी बनाएको छ ।
महाधिवेशनको भव्य व्यवस्थापनले हाम्रो व्यवस्थापकीय क्षमतालाई प्रदर्शित गरेको छ र हाम्रा स्वयंसेवकहरु जस्तै प्रतिकूलतामा पनि पार्टीको नेतृत्व र कार्यक्रमको सुरक्षा गर्न र राष्ट्रिय हितको पक्षमा उभिन सक्षम छन् भन्ने पुष्टि गरेको छ । महाधिवेशनका यी सन्देशहरु पनि महत्वपूर्ण छन् ।
हामीले पार्टी पङ्क्तिमा महाधिवेशनका यी सन्देशहरुलाई राम्रोसँग स्थापित गर्नुपर्छ र पार्टी पङ्क्तिलाई यी सन्देशका अलावा विधान महाधिवेशनबाट पारित दस्ताबेजहरुको आलोकमा नयाँ ढङ्गले प्रशिक्षित गर्नुपर्छ । निर्वाचन परिणामले विभिन्न कमरेडहरुको मनोभावनामा केही असर गरेको हुन सक्छ, तर अब हामी पछाडि फर्कने होइन, अग्रमुख हुनुपर्छ, अग्रगतिमा सङ्लग्न हुनुपर्छ । महाधिवेशन पूर्वको पक्षधरताका आधारमा कुनै कमरेडहरुलाई पनि भिन्न व्यवहार गरिने छैन र हरेक कमरेडको क्षमता र योग्यताको अधिकतम सदुपयोग हुने सङ्गठनात्मक प्रबन्ध गरिने छ । त्यसैगरी महाधिवेशनले समाधान गरिसकेका विषयहरु पुनस् दोर्होयाइरहनु र तिनमा अल्िझरहनु पनि हुँदैन । यसरी अब हाम्रो पार्टी अझ गहिरो सम्झदारी र सदृढ एकताका साथ अघि बढ्नु पर्दछ ।
२. विद्यमान परिस्थिति र राजनीतिक धु्रवीकरण
हाम्रो पार्टीको सचेतन, सक्रिय र हस्तक्षेपकारी भूमिका एवं लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको समेत प्रयाशमा हामीले प्रतिगमनको थप शृङ्खलालाई रोक्न सफल भएका छौँ । स्थापित राजनीतिक दलहरुलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न वाध्य भएको छ । दलहरुसँग संवाद गर्ने ठाउँमा आइपुगेको छ ।
स्थापित दलहरुलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्नेजस्ता विभिन्न शङ्कास्पद पात्रहरुको माकफुइँलाई विफल तुल्याइएको छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरुलाई भदौ २३–२४ का घटनामा संभव भएसम्म मुछ्ने र त्यसो गर्न नसकिए पनि मिथ्याप्रचार, मिडिया ट्रायल र ’समन’ र ‘बयान’ मार्फत् तेजोबध गर्ने प्रयाश पनि असफल भएको छ । राज्यका वैधताप्राप्त निकायले कुनै पनि विषयमा सोधपुछ गर्न बोलाउँदा त्यहाँ गएर सहयोग गर्ने, अख्तियार प्राप्त निकायले मुद्दा अभियोजन गरे त्यसको कानुनसम्मत् सामना गर्ने र प्रचलित कानुन बमोजिम गल्ती भएको भए उपयुक्त सजाय भोग्न तयार हुने अभ्यास हाम्रो पार्टीले गर्दै आएको छ । विधिको शासनमा विश्वास गर्ने हाम्रो पार्टी यसमा प्रतिबद्ध छ । तर बदनियतका साथ गरिने नाटक मञ्चनको भूलभूलैयामा नेकपा ९एमाले० पर्दैन भन्ने कुरा पनि स्पष्ट छ । जे होस्, कथित जाँचबुझ आयोगको पहिल्यै लेखिएको पटकथामाथि आधारित नाट्यमञ्चनको पनि पटाक्षेप भएको छ । मुलुकको परिस्थिति अलिकति सङ्लिएसँगै भदौ २४ को विध्वंशकै निरन्तरतामा राजनीतिलाई अगाडि लैजाने प्रतिगामी प्रयाश कमजोर बन्दै गएको छ ।
यससँगै राजनीतिक धु्रवीकरण पनि तीव्र भएको छ । एकातिर ‘पुराना दल’ र अर्कातिर ‘नयाँ दल’ बिचको धु्रवीकरण भनेर चर्चा गरिए पनि यतिबेला मुलुकको राजनीति कुनै राजनीतिक दर्शन, विचारधारा या मुद्दामा होइन, भदौ २४ को विध्वंशलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनर्स्थापित गर्ने भन्ने विषयमा राजनीति धु्रवीकृत हुन थालेको छ । धम्की, घृणा, निषेध र हिंसाको बलमा लोकतान्त्रिक शक्तिहरुलाई किनारा लगाउन संभव नभएपछि र आफूहरुले गराएकै निर्वाचनका माध्यमबाट पनि लोकतान्त्रिक शक्तिहरुले पुनरागमन गर्ने देखेपछि विध्वंशका पक्षधरहरु एक ठाउँमा उभिन खोजिरहेको अवस्था छ ।
राजनीतिक पार्टीहरुकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुन्छ ।
तर यतिबेला विचारविहीन, कुनै सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादस्पद व्यक्तिहरु एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरुलाई चुनौती दिइरहेको अवस्था छ । कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरुले हेर्दा हेर्दै समस्याहरुको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदैछ । तर न त विध्वंश आन्दोलन हो, न ’पपुलिज्म‘ नै अग्रगामी विकल्प । ‘पपुलिज्म‘ ले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र एयउगष्किm, सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंश र यही हो सिलसिला १ थप समस्या जन्माउँदै जान्छ । सत्तामा जान जस्तो सुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरुले हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन् । त्यसैले यतिबेला भदौ २४ को विध्वंशको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत् र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरुबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ ।
मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइसकेका छैनन् । लोकतन्त्र सङ्कटमा छ । संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिँसाको धम्कीबाट अझै पनि त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन् । मुलुकमा केही पनि भएन भनेर जबर्जस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरुमा निराशा र अन्यौल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी संवोधन गर्नु पर्नेछ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरु बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ । हामी त्यसका लागि प्रयास गरिरहेका पनि छौं । हाम्रो पार्टी निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा र आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । यसका निम्ति उपरोक्त शक्तिहरुलाई म आज र यस ठाउँबाट पनि आह्वान गर्दछु ।
३.आम निर्वाचनका सम्बन्धमा
हाम्रो पार्टी लोकतान्त्रिक निर्वाचनबाट कहिल्यै पञ्छिदैन, कहिल्यै पिठ्यु फर्काउँदैन । यस मान्यतालाई हामीले बारम्बार सार्वजनिक गर्दै आएका छौँ । फागुन २१ को प्रस्तावित निर्वाचनको बारेमा हामीले सुरुदेखि नै अविचलित मान्यता राख्दै आएका छौँ– शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सरकारले बनाउनै सकेको छैन । निर्वाचनको मूल मर्म भनेकै निर्भयताको वातावरण निर्माण हो । तर भदौ २४ गते भगाइएका कैदीहरु मध्ये ५ हजार भन्दा बढीलाई बाहिरै राखेर, लुटिएका आधुनिक हतियार मध्ये ७ सयभन्दा बढी हतियार र हजारौँ राउण्ड गोली बाहिरै राखेर अनि त्यसै पनि मनोबल खस्किएको सुरक्षा निकायलाई प्रत्यक्ष, परोक्ष कारबाही र अन्य क्रियाकलापबाट अझ बढी मनोबल खस्काउँदै भदौ २४ को विध्वंशमा सङ्लग्न र पछि पनि विभिन्न अपराधकर्ममा लागेकाहरुमाथि अनुसन्धान, तहकिकात र अभियोजन गर्न बाधा सिर्जना गरेर सरकारले कसरी भयरहित निर्वाचनको प्रत्याभूति गर्न सक्छ ?
हामीले सार्वजनिक रुपमा पनि र सरकारका प्रतिनिधिहरुसँगको वार्तामा पनि बारम्बार यो विषय उठाइरहेका छौँ । तर अझै पनि निर्वाचनको सुनिश्चित र निर्भयताको वातावरण बनिसकेको छैन ।तर पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा जाने नै छ । त्यसका लागि पार्टी हमेशा तैनाथी र तम्तयार अवस्थामा रहनुपर्छ । केन्द्रीय कमिटीको यो बैठक सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि हमेशा तम्तयार अवस्थामा रहन र यसका लागि आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गर्दछ ।
४.उम्मेदवार छनौट सम्बन्धमा
नेकपा (एमाले) का तर्फबाट तोकिएकै समयमा समानुपातिक सूची निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ । पार्टीमा उम्मेदवार बन्न योग्य, समेट्नु पर्ने र भूमिका खेल्न सक्ने व्यक्तिहरु धेरै हुनुहुन्छ । तोकिएको ११० को सीमा, विभिन्न समावेशी क्लस्टरहरुको संरचना र भौगोलिक सन्तुलनलाई ध्यानमा राखेर उम्मेदवारहरुको सूचि प्रस्तुत गरिएको भए पनि कतिपय विषयमा ध्यान नपुगेको पनि हुन सक्छ । आगामी दिनहरुमा यस विषयमा अझ व्यवस्थित गृहकार्य गरिने छ ।
त्यसै गरी प्रत्यक्ष तर्फका संभाव्य उम्मेदवारहरुको सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यस सन्दर्भमा केही गुनासोहरु पनि देखा परेका छन् । एकातर्फ ‘एकल सिफारिस‘ का नाममा केही ठाउँमा इच्छुक आकाङ्क्षीहरुसँग समुचित परामर्श नगरिएको र अर्कातर्फ सकेसम्म तल सहमति गर्ने प्रयाशै नगरी जति नाम प्रस्तुत भएका छन्, ती सबैलाई केन्द्रमा पठाएर आफ्नो दायित्वलाई मातहत कमिटीहरुले यथोचित ध्यान नदिएको अवस्था पनि देखा परेको छ । पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता सहित सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको निर्णय गर्नेछ । निर्णय भइसकेपछि आकाङ्क्षीहरु सहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्िपत र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनु पर्नेछ । महत्वहीन स–साना आपसी अन्तरविरोधहरुमा अल्िझएर परिणामलाई बिग्रिन दिनु हुँदैन भन्ने कुरामा सबै सचेत हुन जरुरी छ ।
५. प्रतिनिधिसभा पुनर्स्थापनाका सम्बन्धमा
हाम्रो पार्टीले सुरुदेखि नै प्रतिनिधिसभाको विघटन प्रक्रियागत, कानुनी र राजनीतिक औचित्य हरेक दृष्टिले असंवैधानिक छ भन्ने दृढ मान्यता राख्दै आएको छ । यसको न्यायिक सम्परीक्षणका लागि पार्टीका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । विघटनलाई असंवैधानिक भने पनि यसको पुनर्स्थापनाका लागि कानुनी प्रक्रियामा जान अलमल गरिरहेको नेपाली काँग्रेस लगायत विभिन्न दलका प्रतिनिधिसभा सदस्यहरु ढिलै भए पनि सर्वोच्च अदालतमा पुग्नुभएको छ । यतिबेला २७४ सदस्य रहेको प्रतिनिधिसभाका बहुसङ्ख्यक ९१४३० सदस्यहरु यस विषयको न्यायिक लडाइँमा हुनुुहुन्छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा गरिएका कारण यसको पुनर्स्थापना हुनु कानुनी हिसाबले त आवश्यक, उचित र अपरिहार्य छँदै छ । वर्तमान जटिल राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको पुनर्स्थापना, सर्वपक्षीय सरकार, बृहद् संवाद, आवश्यकता अनुसार संविधान संशोधन र त्यसपछि निर्वाचन नै राजनीतिक सङ्क्रमणकाललाई व्यवस्थित गर्ने सबैभन्दा सुरक्षित, निरापद र भरपर्दो बाटो हो भन्ने कुरामा पार्टी अविचलित रुपमा दृढ छ । मुलुकको लोकतन्त्र, संविधान र अग्रगतिसँग जोडिएको यति गंभीर विषयमा न्यायालय अनिर्णित र अलमलमा नरहोस् भन्ने हामी चाहन्छौँ । ढिलो न्याय वास्तवमा अन्याय हो भन्ने भनाइलाई सबैले ध्यानमा राख्नु पर्छ भन्ने हाम्रो धारणा छ ।
६. विश्व परिस्थितिमा देखा परेका पछिल्ला घटनाक्रम सम्बन्धमा
विश्व राजनीति तरल, पूर्वानुमान गर्नै नसकिने र जोखिमपूर्ण बन्दै गइरहेको छ । नियममा आधारित प्रणाली निष्प्रभावी हुँदै गएको छ, बहुपक्षीयता र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै गइरहेका छन् । संयुक्त राष्ट्र सङ्घको भूमिका तथा त्यसको नेतृत्वमा सञ्चालित सहयोग र पारस्परिक सम्मानका सिद्धान्तहरु कमजोर बनाइएका छन् । शक्ति राष्ट्र प्रतिष्पर्धा अस्वस्थ ढङ्गले बढिरहेको छ । कुनै सार्वभौम राष्ट्रको भूभागबारे उसको अनुपस्थितिमै निर्णय हुने, कुनै सार्वभौम राष्ट्रका राष्ट्राध्यक्ष या नेताहरुलाई लक्षित गरेर अर्को देशले सिधै हत्याको धम्की दिने, अपहरण गर्ने, एकातिर आतङ्कवादको डरलाग्दो आक्रमण र अर्कोतिर त्यसलाई नियन्त्रण गर्ने नाममा हजारौँ निर्दोष व्यक्ति, बालबालिका र महिलाहरुको नरसंहार हुने जस्ता घटना देखा परेका छन् । कृत्रिम बौद्धिकता र सूचना प्रविधिको बढ्दो सामरिक प्रयोगले नयाँ प्रकारको असुरक्षा र तनाव उत्पन्न भइरहेको छ । जलवायु सङ्कट जस्ता नयाँ चुनौतीले मानव जातिको अस्तित्वमै खतरा पैदा गर्न थालेका छन् ।
नेकपा (एमाले) ले स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित वाह्य सम्बन्ध हाम्रो बाह्य सङ्लग्नताको आधार हुनुपर्छ भन्ने विश्वास गर्छ । सरकारमा होस् वा विपक्षमा, हाम्रो ध्यान सधैंभरि पञ्चशील, असङ्लग्नता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुको पालना गर्दै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र अहस्तक्षेप एवं सह–अस्तित्वलाई प्रवद्र्धन गर्ने कुरामा केन्द्रित रहेको छ । हामी अतिवाद, कट्टरपन्थवाद, विभिन्न रुपहरुका प्रियतावाद, संरक्षणवाद, अराजकतावाद र दक्षिणपन्थी एवं पश्चगामी राजनीतिको विरोध गर्दछौँ । हामी सार्वभौमसत्ता, स्वतन्त्रता र अहस्तक्षेपका सिद्धान्तहरुलाई सदैव अवलम्बन गर्दछौँ । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ हाम्रो परराष्ट्र नीतिका मूल मान्यता रहेको छ । कुनै मुद्दा, भिन्नता र विवाद विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रहरु बिचको ध्रुवीकरण र विभाजनका बहाना बन्नुहुँदैन ।
विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गरिनुपर्छ । कुनै पनि देशले आफ्नो विचारधारा, विकास ढाँचा वा रणनीति अरुमाथि लाद्ने प्रयास गर्नु हुँदैन । स्वतन्त्रता र छनौटको लोकतान्त्रिक अधिकारलाई महत्व दिइनुपर्छ । कुनै पनि देशको घरेलु मामिलामा बाह्य हस्तक्षेप रोकिनु पर्छ । अन्तर्राष्ट्रिय विवादहरुको कुटनीतिक पहल र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानमा ध्यान केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्रिय समुदाय र संस्थाहरुले गैरराजनीतिक (तटस्थ र व्यावसायिक) भूमिका खेल्नुपर्छ । खास देश र क्षेत्रलाई लक्षित गर्ने गरी हुने पायक पर्ने (सेलेक्टिभ) नीति र व्यवहार बन्द गरिनु पर्छ । आक्रमण, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र कसैको राष्ट्रिय हितलाई आँच र्पुयाउने हिंसा र अतिवादलाई उक्साउने कार्य रोकिनुपर्छ ।
यिनै मान्यतामाथि उभिएर नेकपा (एमाले) हालै भेनेजुएलामा गरिएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणामा लिएको घटना र उनलाई अमेरिकामा चलाइएको मुद्दा अन्तरराष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशील र अन्तर्राष्ट्रिय न्याय र उत्तरदायित्वको विपरीत ठहर गर्दछ र यसको विरोध गर्दछ । त्यसै गरी हालै युक्रेनको भौगोलिक अखण्डता विभाजित हुने गरी उसको अनुपस्थितिमा भइरहेका छलफल, ग्रिनल्याण्डलाई नियन्त्रणमा लिने प्रयाश र युद्धविरामका बाबजुद गाजा र वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतिप्रति आपत्ति प्रकट गर्दछ । बङ्गलादेशमा हिन्दु लगायत अल्पसङ्ख्यक समुदायमाथि भइरहेका निरन्तरका हमलाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरुको सुरक्षाको प्रत्याभूतिका लागि ध्यानाकर्षण गर्दछ । म्यान्मारमा शीघ्रातिशीघ्र लोकतन्त्रको बहालीको माग गर्दछ ।
७। सामाजिक सद्भाव र राष्ट्रिय एकताका सम्बन्धमा
हालै तराई मधेसका विभिन्न स्थानमा उत्पन्न भएको सामाजिक सद्भाव खलबलिने घटनाप्रति नेकपा (एमाले) गंभीर र चिन्तित छ । बहुलता र विविधता हाम्रा सम्पदा हुन् र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता हाम्रो राष्ट्रको पहिचान हो । यसलाई कमजोर गर्ने, खल्बल्याउने र सामाजिक विद्वेष भड्काउने काम कुनै पनि नागरिकले गर्न सक्दैन, गर्नु हुँदैन । भदौ २३–२४ पछिका घटनाबाट राज्य कमजोर भएको, दलहरुको भूमिका साँघुरिएको र सुरक्षाकर्मीहरुको मनोबल गिरेको स्थितिबाट अनुचित लाभ उठाउन विभिन्न तत्वहरु उद्दत् देखिन्छन् । नेकपा (एमाले) सम्बद्ध सबै पक्षहरुलाई सहिष्णुता, सौहार्दता र सद्भावका पक्षमा उभिन, अवाञ्छित तत्वहरुलाई खेल्ने मौका नदिन र बलियो राष्ट्रिय एकताका पक्षमा उभिन आह्वान गर्दछ र राजनीतिक दल, सबै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक –सांस्कृतिक अगुवाहरु र आम नागरिकलाई यस्ता घटना दोहोरिन नदिन समाजमा सद्भाव सुदृढ गर्ने प्रयाशमा अगाडि बढ्न आग्रह गर्दछ ।
छोटो अवधिमै भदौ २३–२४ मा सिर्जित अकल्पनीय चुनौतीलाई सामना गर्दै हामी पूर्ववत् अवस्थाका नजिक आइपुग्न सफल भएका छौँ । हाम्रो यो सफलताको जगमा कमरेडहरुको निष्ठा, जुझारुपन र एकताबद्ध क्रियाशीलताको निर्णायक भूमिका छ । यसका लागि म सबै कमरेडहरुलाई पुनः धन्यवाद ज्ञापन गर्दछु ।
हाम्रो पार्टी नयाँ पुस्ताको सकारात्मक भावना र अपेक्षाको सम्मान गर्दछ । लोकतन्त्र, अर्थतन्त्र र सिङ्गो समाजका भावी संवाहकका रुपमा त्यस पुस्तासँग हाम्रो पार्टीले योजनाबद्ध संवाद र सहकार्य गर्दै आएको छ र भोलिका दिनमा पनि गर्दै जानेछ । तर अस्ति भदौमा युवा मनोविज्ञानको जुन ढङ्गले दोहन र दुरुपयोग गरियो, त्यसप्रति भने पार्टी गंभीर र सजग छ ।
प्रतिगमनको तीव्र शृङ्खलामा एक हदसम्म ब्रेक लागे पनि यसलाई निरन्तरता दिन विभिन्न पक्षहरु लागेकै छन् । यो प्रक्रिया अब निर्वाचनका माध्यमबाट प्रकट हुन सक्नेछ । लोकतान्त्रिक शक्तिहरुलाई निर्वाचनका माध्यमबाट कमजोर गर्ने र विध्वंशलाई वैधता दिने उनीहरुको प्रयाश किमार्थ सफल हुन दिनु हुँदैन । त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति अझ उचाइका साथ एकताबद्ध र अझ बेगका साथ क्रियाशील हुनुपर्छ ।
इतिहासले बारम्बार पुष्टि गरेको छ– जतिबेला हामी एकताबद्ध हुँदै अगाडि बढेका छौँ, सबै मोर्चामा हामीले सफलता हासिल गरेका छौँ । पार्टी सबल हुँदो मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका संरक्षणमा निर्णायक सहयोग पुगेको छ, विकासले तीव्रता पाएको छ । सामाजिक न्याय र लोककल्याणकारी राज्यका कामहरु अगाडि बढेका छन् । जनताका माझ आशावाद र आत्मबलको सञ्चार भएको छ । पार्टी कमजोर हुँदा राष्ट्रियता, लोकतन्त्र, शान्ति, सद्भाव र समृद्धिको यात्रा नै अवरुद्ध हुँदै आएका छन् । त्यसैले हामीले हेक्का राख्नुपर्छ– हामी पार्टीका लागि काम गर्ने कार्यकर्ता मात्रै होइनौँ, देशकै भविष्यको रुपरेखा कोर्ने अग्रणी योद्धाहरु हौँ ।
जिम्मेवारीबोधको यो भावनाले हामीलाई हमेशा मार्गदर्शन गर्नुपर्छ । हामी सबै महाधिवेशनबाट भर्खरै निर्वाचित या पुनर्निर्वाचित भएका छौँ । तर नेतृत्व भनेको ओहदा, पद या त्यसको हाईयार्की मात्रै होइन । यो त मूलतस् तपाईं हामीले खेल्ने भूमिका, हामीले स्थापित गर्ने मानक, हामीले छाड्ने छाप र हामीले दिने परिणाम हो । नेकपा ९एमाले० को केन्द्रीय नेतृत्वमा निर्वाचित हुनु ठुलो कुरा हो । सबैका नजर तपाईँ हामीमा केन्द्रित छन् । हाम्रो सक्रियता या निष्क्रियताले, हाम्रो स्वच्छता या अपारदर्शिता या जनताले मन नपराउने क्रियाकलापले, हाम्रो आदर्श या हाम्रो स्वार्थले पार्टीलाई मात्रै होइन, सिङ्गो समाजलाई प्रभावित गर्छन् । त्यसै गरी दायित्वबोध गर्न म कमरेडहरुलाई आग्रह गर्दछु अब हाम्रो सम्पूर्ण उर्जा प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने र मुलुकलाई संविधान र लोकतन्त्रमा फर्काउन केन्द्रित हुनुपर्दछ ।




