२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलमा माघे संक्रान्तिमा ‘रम्मिताको पिरती’ सांगीतिक कार्यक्रम(कन्सर्ट) हुँदै

बुटवलमा माघे संक्रान्तिमा ‘रम्मिताको पिरती’ सांगीतिक कार्यक्रम(कन्सर्ट) हुँदै

बुटवलमा माघे संक्रान्तिमा ‘रम्मिताको पिरती’ सांगीतिक कार्यक्रम(कन्सर्ट) हुँदै

बुटवलमा माघे संक्रान्तिमा ‘रम्मिताको पिरती’ सांगीतिक कार्यक्रम(कन्सर्ट) हुँदै

बुटवलमा माघे संक्रान्तिमा ‘रम्मिताको पिरती’ सांगीतिक कार्यक्रम(कन्सर्ट) हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २६ २०८२
शनिवार, पौष २६ २०८२
  • बुटवल ।  माघे संक्रान्तिको अवसरमा माघ १ गते बुटवलमा ‘रम्मिताको पिरती’ सांगीतिक कार्यक्रम (म्युजिकल कन्सर्ट) हुने भएको छ ।

    प्रेम, संगीत र प्रत्यक्ष सांगीतिक प्रस्तुतीको भव्य उत्सवका रूपमा ‘रम्मिताको पिरती’ म्युजिकल कन्सर्ट बुटवलमा हुने भएको हो ।

    माघ १ गते बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिआइसीसी प्रांगणमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

    इभेन्ट इन बुटवल र माकाडक्स इभेन्टको संयुक्त आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा समिर श्रेष्ठ फिचरिङ, गुडबोइज, द हुलाकी, कुशल पोखरेल, महेश काफ्ले, आना शर्मा, धिराज मगरलगायतका कलाकारहरुको प्रस्तुती दिनेछन् । साथै कार्यक्रममा एक विशेष ‘सरप्राइज आर्टिस्ट’ को समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

    ‘रम्मिताको पिरती’ फिल्मको सांगीतिक टुर कार्यक्रम अन्तर्गत  कार्यक्रममा सांगीतिक कार्यक्रम गरि  टुरको सुरुवात गरिने भएको छ ।

    इभेन्ट इन बुटवलका सञ्चालक अतीत थापाका अनुसार प्रेम र सांगीतिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको यो कार्यक्रम युवापुस्ताका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

    माकाडक्स इभेन्टका कोर्डिनेटर सन्देश केसीले कार्यक्रममा करिब तीन दर्जन कलाकार तथा प्राविधिकको सहभागिता रहने जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी तिब्र पारिएको र दर्शकलाई गुणस्तरीय लाइभ म्युजिक अनुभव गराउने लक्ष्य लिइएको छ ।

    दर्शकका लागि ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने टिकट ई–सेवा स्क्यानमार्फत सहज रूपमा लिन सकिने व्यवस्था गरिएको छ । अपराह्न ३ बजेदेखि गेट खुल्ने थापाले जनाए ।

    साथै, कन्सर्टमा टिकट खरिद गर्ने दर्शकहरुले फ्रेन्स सिनेमा ‘रम्मिता को पिरती’ फिल्म निःशुल्क हेर्ने अवसर समेत पाउने आयोजकले जनाएको छ । इभेन्ट इन बुटवलका सञ्चालक अतीत थापाका अनुसार हालसम्म करिब १ हजार टिकट बिक्री भइसकेको र थप १ हजार टिकट बिक्री गर्ने लक्ष्य राखिएको छ ।

    बुटवल इभेन्टको होस्ट राजेश सिन्जालीले गर्ने बताइएको छ । बुटवलबाट सुरु हुने ‘रम्मिता को पिरती’ म्युजिकल कन्सर्ट काठमाण्डौ, पोखरा, चितवन, दाङ, नेपालगन्जलगायतका स्थानमा हुने समेत थापाले जनाए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij