२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २६ २०८२
शनिवार, पौष २६ २०८२
  • बुटवल  । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका छन् ।

    पत्रकार सम्मेलन गर्दै घिसिङले आफुहरुलाई एकतापछिको १२ दिन पीडादायी भएको बताउदै आज एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका हुन् ।

    उनले रास्वपाले सहमति भंग गरेको भन्दै उनले १२ दिनसम्म हाम्रो अभियानलाई ब्लक गरेर ठुलो क्षति पुर्याएको समेत आरोप लगाए । उनले उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफै लिने बताउदै आफु अत्यन्त लचक भएर त्याग गर्दा पनि त्यसलाई आफ्नो कमजोरीको रुपमा लिएको बताए ।


    घिसिङले भने- ' म आज अत्यन्त मर्माहत भएको छु । यस बिचमा अगाडी बढौं भने उहाँहरुले अगाडी बढ्न नदिने, पछाडी जाउ भने जान नसक्ने, हामीलाई १२ दिन अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेका थियौं ।'


    जनताको भावनालाई कदर गर्नुपर्छ भनेर आफुहरु सहमतिमा गएको भएपनि सहमति कार्यान्वयन नभएको र एकतर्फी रुपमा सहमति तोडिएपछि आफुहरु आफ्नै किसिमले अगाडी बढ्ने बताए । उनले उज्यालो नेपाल पार्टीले १६५ सिटमै उम्मेदवार उठाउछौं र छोट समय भएकाले आफ्नो निर्वाचन अभियान अगाडी बढाउने बताए ।


    उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रुपमा घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij