२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र १० बजे शुरु हुंदै

कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र १० बजे शुरु हुंदै

कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र १० बजे शुरु हुंदै

कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र १० बजे शुरु हुंदै

कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र १० बजे शुरु हुंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • बुटवल । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्र गर्ने कार्यतालिका तय गरिएको हो ।

    महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र शरू हुनेछ ।

    आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।

    चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।

    नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।

    नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।

    यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु आज बिहान मात्रै आइपुगेकाले उनीहरुले बिहान ८ बजेदेखि शुरू भएको दर्तामा सहभागी भएका हुन् । उक्त कार्यक्रम ११ बजेसम्म हुने व्यवस्था मिलाइएको हो। विशेष महाधिवेशनमा ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij