बुटवल । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको वार्ता निश्कर्षविहीन भएको छ ।
देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय हुन नसकेको हो ।
देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवालाई राजनीतिक निष्कृयताका लागि आग्रह गरेका थिए । तर देउवाले मुन्टो मात्र हल्लाएको र ठोस जवाफ नदिएपछि झन्डै ४५ मिनेट कुराकानी सकेर गगन र विश्वप्रकाश विशेष महाधिवेशनस्थल भृकुटुमण्डपतिर फर्केका छन् ।
सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा छन् ।




