२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

निर्वाचन आयोगलाई विधानको व्यवस्था सम्झाउँदै गगनपक्षीय कांग्रेस

निर्वाचन आयोगलाई विधानको व्यवस्था सम्झाउँदै गगनपक्षीय कांग्रेस

निर्वाचन आयोगलाई विधानको व्यवस्था सम्झाउँदै गगनपक्षीय कांग्रेस

निर्वाचन आयोगलाई विधानको व्यवस्था सम्झाउँदै गगनपक्षीय कांग्रेस

निर्वाचन आयोगलाई विधानको व्यवस्था सम्झाउँदै गगनपक्षीय कांग्रेस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको विधानमा भएको व्यवस्थाबारे निर्वाचन आयोगलाई प्रष्ट्याएको छ ।

    उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गएको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले विधानमा भएको विशेष महाधिवेशनको व्यवस्थाबारे स्पष्ट पारिरहेका हुन् ।

    ‘विधानको धारा १७ को २ को व्यवस्था बाध्यकारी हो । सो व्यवस्थाअनुसार ५४ दशमलब ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अवस्था आएकाले विशेष महाधिवेशन बोलाउन भन्दै माग गर्नुभएको हो । तर, केन्द्रीय कार्यसमितिले महाधिवेशन प्रतिनिधिले विधानत: प्राप्त गरेको सार्वभौम अधिकार प्रयोग गर्न नपाएपछि हामी दुई महामन्त्रीले विधानकै व्यवस्थाअनुसार विशेष महाधिवेशन आह्वान गरेका हौं,’ उनले भने, ‘सोही अनुसार पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन सम्पन्न भयो । त्यसले नीतिहरूसँगै नेतृत्व पनि परिवर्तन गरेको छ ।’

    विधानको यही व्यवस्थाबारे अर्का उपसभापति पुष्पा भुसालले पनि आयोगका पदाधिकारीलाई प्रष्ट पारेकी थिइन् । उनले विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन प्रतिनिधिहरूले बोलाएको महाधिवेशन भएकाले निर्वाचन आयोगले त्यसबाट निर्वाचित कार्यसमितिको विवरण चाँडो अद्यावधिक गरिदिन आग्रह गरिन् ।

    उनले ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले नयाँ कार्यसमिति चयन गर्न पाउने भए पनि ५७ दशमलब २१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गरेको जानकारी गराइन् ।

    नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पनि विधानको अक्षरश पालना गरी विशेष महाधिवेशन सम्पन्न भएकाले त्यहाँबाट निर्वाचित भएको निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्नु पर्ने धारणा राखे ।

    निर्वाचन आयोगसँगको छलफलमा उपसभापतिहरू शर्मा र भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायतका पदाधिकारी तथा थुप्रै केन्द्रीय सदस्य उपस्थित थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij