२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

महेश र गणेश बस्नेतविरुद्ध कानूनी उपचार खोज्ने रास्वपा नेता अर्यालको चेतावनी

महेश र गणेश बस्नेतविरुद्ध कानूनी उपचार खोज्ने रास्वपा नेता अर्यालको चेतावनी

महेश र गणेश बस्नेतविरुद्ध कानूनी उपचार खोज्ने रास्वपा नेता अर्यालको चेतावनी

महेश र गणेश बस्नेतविरुद्ध कानूनी उपचार खोज्ने रास्वपा नेता अर्यालको चेतावनी

महेश र गणेश बस्नेतविरुद्ध कानूनी उपचार खोज्ने रास्वपा नेता अर्यालको चेतावनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका सचिवालय सदस्य एवं क्षेत्र नं ३ का सभापति मधुप्रसाद अर्यालले  नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेत,प्रेस चौतारीका पुर्व अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारीकै नेता सुमन ढुंगाना लगायतले आफूविरुद्ध तथ्यहीन र भ्रममूर्ण प्रचार गरेको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । 


    एमाले सचिव महेश बस्नेत, चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायतले संसद भवन जलाएको  कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीका सभापति मधुप्रसाद अर्याल पक्राउ भन्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए । शुरुमा प्रेस चौतारीकै नेता सुमन ढुंगानाले बिहीबार सांझ पोष्ट गरेका थिए । लगत्तै गणेश बस्नेत र महेश बस्नेतले पनि सोही विषय उल्लेख गरी फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । पछि बुटवल एमाले नेताहरु किसन ज्ञवाली लगायतले पनि यो फेक स्टाटस पोष्ट गरेका छन् । 


    अर्यालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर आइरहेको तथ्यहीन र भ्रमपूर्ण समाचार र टिका टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेत, प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत, सुमन ढुङ्गाना लगायतले सामाजिक सञ्जालमा लेखेका र  सोही आधारमा केही अनलाइन मिडियाहरुले संसद भवन जलाउने कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीका सभापति मधुप्रसाद अर्याल पक्राउ र महान्यायाधिवक्ताको काम आयो भन्ने तथ्यहीन र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेकोमा खेद प्रकट गरेका छन् । 


    ‘यो साइबर हमला पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी जनलहरले अन्य दलहरूमा ल्याएको छटपटाहटको प्रकटीकरण केबल  मलाई बिम्ब बनाएर सिङ्गो पार्टी माथि गरिएको तुच्छ टिप्पणी सिवाय अरु केही होइन, देश अहिले निर्वाचनको सम्मुखमा छ । म पनि रूपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको आकांक्षी उम्मेदवार हुँ। यही विषयलाई समेत जोडेर कपोकल्पित आरोप लगाई मेरो व्यक्तिगत चरित्र हत्या गरी चुनावी माहोललाई नकारात्मक प्रभाव पार्ने कुत्सित मनसायबाट प्रेरित अमुक दल र त्यस निकटका पत्रकारले गरेको यो कार्य निन्दनीय छ। म यसको कानुनी उपचारका लागि अघि बढ्ने जानकारी गराउँदछु’– विज्ञप्तिमा उल्लेख छ ।

    रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले रास्वा नेता अर्याल पक्राउबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij