२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले

पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले

पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले

पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले

पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उमेदवारी चयनमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । 

    रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उमेदवार बनाएपछि यज्ञजित असन्तुष्ट बनेका थिए । यसअघि, उपचुनावमा पनि उनी आकांक्षी थिए । कांग्रेस र मधेसवादी दल हुँदै नौ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर उनी एमाले प्रवेश गरेका थिए ।

    कुनै अवसर नपाएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । सबै पार्टीमा उपनिर्वाचनका आकांक्षीबाटै उमेदवार छानिँदा आफू भने नपरेको भन्दै पार्टीमा बस्नुको कुनै औचित्य नभएको उनको भनाइ छ । 

    शाहले पार्टीमा अवसरवादी धेरै रहेकाले बस्न औचित्य नभएको बताएका छन् । ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका यज्ञजित त्यसयता ०४३ सालदेखि उमेदवार बन्दै आएका थिए । कांग्रेसबाट उनी पटकपटक पराजित भएका थिए । एकपटक मधेसवादी दलबाट निर्वाचित भएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij