काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट प्रा. डा. गोविन्दराज पोखरेललाई उमेदवार बनाउने भएको छ । यससँगै सोमबार (माघ ५) पोखरेल प्युठानतर्फ लागेका छन् ।
सभापति गगन थापाले नै फोन गरेर चुनावी तयारीमा लाग्न भनेपछि आफू प्युठानतर्फ हिँडेको उनले बताए ।
“सभापति गगन थापाले तपाईं लाग्नुस्, सबै कागजात उहीँ आइपुग्छ भनेपछि प्युठानतर्फ लागेको छु,” प्रा. डा पोखरेलले भने, “त्यहाँ भएका साथीहरूले कागजात लिएर आउनुहुनेछ ।”
प्रतिनिधिसभातर्फ प्युठान एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।




