२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

निर्वाचन क्षेत्र रुपन्देही २ मा रास्वपाबाट आशिष सुवेदीले पाए टिकट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही २ मा उमेदवार टुंगो लगाएको छ । फागुन १९ गते हुने निर्वाचनका लागि ई. आशिष सुवेदीले टिकट पाएका हुन् ।

    यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार चारपटक जितिसकेका छन् । यसअघि पौडेलले रास्वपाका गणेश पौडेललाई १५ सयको मतान्तरले जितेका थिए । 

    एमाले उपाध्यक्ष पौडेलसँग भिड्न लागेका सुवेदी लुम्बिनी इन्जिनियरिङ कलेज (लेक)मा अखिल क्रान्तिकारीबाट स्ववियु सभापति बनेका थिए । रूपन्देहीको तिलोत्तमानिवासी उनी रास्वपामा नयाँ अनुहार हुन् । 

    उनी बालेनको कोटाबाट उमेदवार बनेको रास्वपाका अर्का आकांक्षी उमेवार सुदन ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार रुपन्देहीको क्षेत्र नम्बर १ र २ का उम्मेदवारको टिकट वरिष्ठ नेता बालेन साहको कोटामा परेको छ । रुपन्देही १ बाट उनीनिकट सुनिल लम्सालले टिकट पाएका छन् । 

    बालेन मेयर छँदा वातावरण सल्लाहकार रहेका सुनील रास्वपाको महामन्त्री दाबेदार हुन् । रुपन्देही ३ मा भने उपनिर्वाचनमै उमेदवार बनेका डा. लेखजंग थापा ‘फाइनल’ भइसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij