२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उमेदवारी मनोनयन गर्न जाँदा तडकभडक गरे कारबाही हुन्छ : निर्वाचन आयोग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उमेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।

    सञ्चारकर्मीहरूसँग सोमबार आयोगमा कुराकानी गर्दै भण्डारीले उमेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानुनले पूर्ण रूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न उनले सचेत गराए ।

    आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने उनको चेतावनी छ । निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयनपत्र दाखिल गर्न उनले आग्रह गरे । "उमेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक हुन्छ । यो पूर्ण रूपमा कानुनले निषेध गरेको छ," भण्डारीले भने ।

    प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने बताए । निर्वाचन हुँदैन की भन्ने शंका नगर्न उनको आग्रह छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij